Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

नयाँ शक्तिमा महासंग्राम : पूर्व माओवादी नेता देवेन्द्र पौडेलले गरे छुट्टै भेला

\"devendra\" काठमाडौं, २० असार । बाबुरामले विधि र प्रक्रियाबाट पार्टी चलाउने भन्दै धेरैलाई आर्कर्षित गरे पनि त्यसको वेवास्ता गर्दै मनोपोली गरेर सहसंयोजक छनोट गरेपछि उनकै विश्वासपात्रहरुले यो कसरी नयाँ भयो भन्दै अहिले प्रश्न उज्याउन थालेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ – रोचक के छ भने यो पछिल्लो विवादपछि बाबुरामलाई माओवादी हुँदैदेखि नजिकबाट साथ दिँदै आइरहेका देवेन्द्र पौडेलसमेत आफ्नो दुःखलाई बाबुरामले पानीमा बगाइदिएको निष्कर्ष निकाल्दै उनै बाबुरामविरुद्ध संघर्ष गर्ने मनस्थितिमा पुगेका छन् । देशकै पहिलो पार्टी बनाउने भन्दै बाबुराम मसक्क कस्सिएर पनि उनले पछिल्लो सह–संयोजक छनोटमा कलस्टरको लेप लगाउँदै केन्द्रीय परिषद्का झन्डै ९५ प्रतिशत सदस्यहरुको विरोधको बाबजुत जंगबहादुर शैलीमा छनोट गरिदिएपछि उनको दाहिने हात भनेर चिनिने देवेन्द्र पौडेललगायत नेतासँग बाबुरामको दूरी बढ्ने अवस्था सिर्जना भएको हो । नयाँ शक्तिमाथि भरोसा गरेर लागेकाहरुका लागि यो खबर सुखद् नभए पनि राजनीतिक जीवनका अनेक अप्ठ्यारा मोडहरुमा बाबुरामलाई साथ दिँदै आइरहेका देवेन्द्र पौडेल र बाबुरामबीच अहिले यही कारण पानी बाराबारको अवस्था नरहे पनि मन भने बेस्सरी बाझिन पुगेको छ । स्रोतका अनुसार, बाबुरामले नियम र विधि नबाँधी मनपरि गरेपछि रुष्ट बन्न पुगेका देवेन्द्र पौडेललगायत उनको खेमामा रहेका अधिकांश नेता–कार्यकर्ता तत्काल बाबुरामसँग यही कारण दुईलाइन संघर्ष गर्ने सोचमा नरहे पनि बाबुरामले यस्तै प्रचण्ड शैली पछ्याइ रहेमा नसहने सोचमा पुगेका छन् । यी सोच अनरुप सह–संयोजक छनोटपछि आफू अनजिकमा पूर्व माओवादीहरुलाई भेला पारेर देवेन्द्र पौडेलले छलफल समेत गरेका छन् । स्रोतका अनुसार भेलामा बाबुरामको हेपाहा प्रवृति विरुद्ध कसरी अघि बढ्ने भन्नेलगायत विषयमा छलफल गरेर ‘अब नसहने’ निष्कर्ष नै निकालिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE