Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

धुर्मुस सुन्तली कलाकार र गायक– गायीकाको जम्बो टोली सहित कतार जाँदै

 \"dhrmus_suntali\"काठमाडाैं, २१ असार ।  हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस ) र कुञ्जना घिमिरे (सुन्तली) गिरान्चौर एकिकृत बस्ती निर्माणमा थप सहयोग जुटाउन कतार जाने भएका छन् । इदको दोश्रो दिन बस्ती निर्माणको सहयोगार्थ कतारमा हुन गइरहेको सुन्तली धुर्मुस साँझमा सहभागिता जनाएर सहयोग जुटाउन उनीहरु राष्ट्रिय ध्वजाबहाक विमानमार्फत कतार जान लागेका हुन् । धुर्मुसले राष्ट्रिय ध्वजाबहाक विमानमार्फत कतार जाने बताएपछि सोहि अनुसार व्यवस्था गरेको आयोजक सास क्रियशनले जनाएको छ । नेपाल वायु सेवा निगमको विमानमार्फत कलाकारहरु धुर्मुस सुन्तली, नायिका तथा चलचित्र निर्मात्री रेखा थापा, हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेल, लोक दोहोरी गायक राजु गुरुङ, लोक दोहोरी गायिका मुना थापामगर, डि आई डि सिजन ५ का फस्र्ट रनर अप निर्मल तामाङ, भोजपुरी नायिका तथा कुशल नृत्यांगना रानी चटर्जी, सिमा सिंह, भोजपुरी नायिका परिनिका शर्मा, कुशल कार्यक्रम संचालक सुशिल नेपाल लगायतका कतार जाँदैछन् । इदको दोश्रो दिन सनैया औधोगिक क्षेत्रको ३७ नम्बर एसियन टाउन स्थित ग्राण्डमलमा साँझ ६ बजेबाट सुन्तली धुर्मुस साँझ सुरु हुनेछ । कार्यक्रमबाट उठेको रकम खर्च कटाएर धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरिने आयोजक कल्याण घिमिरेले बताएका छन् । दर्शकहरुले प्रत्यक्ष भेटेर नै गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग गर्न सक्ने धुर्मुस सुन्तलीले बताएका छन् । ५ करोड पुग्नु भन्दा अघि नै जम्मा भएमा लक्ष्य पुरा हुने बित्तिकै सहयोग संकलन कार्य यो परियोजनाका लागि बन्द गरी खर्चको विवरण सार्वजनिक गरिने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । फाउण्डेशनलाई सहयोग गर्न चाहने दाताले जुन सुकै समयमा सहयोग गर्न सक्ने भए पनि गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका लागि भने अनुमानीत लागत पुरा हुने बित्तिकै सहयोग संकलन कार्य रोक्ने उनको भनाई छ । परियोजनाका लागि रकम अपुग भएमा फेरी आव्हान गरेर सहयोग संकलन गर्ने बताउँदै उनले जुन विश्वासले सहयोग जुटीरहेको छ त्यो विश्वास तोडीने कुनै पनि काम नहुनेमा ढुक्क हुन सबैसँग आग्रह पनि गरेकी छिन् । एक लाख ७४ हजार खातामा रहेको समयमा बस्ती निर्माण घोषणा गरिए पनि अहिले चार करोड रुपैँया जम्मा भइसकेकाले सबै सहयोगी मनहरुलाई उनीहरुले धन्यवाद ज्ञापन गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending