Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

राजधानीका अधिकांश औषधि पसल नियमविपरीत, औषधि पसल र ल्याबमा सिलबन्दी

\"Ausadhi-pasal-silbandi\"काठमाडौँ, २६ असार । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियम विपरीत सञ्चालित राजधानीका औषधि पसल र स्वास्थ्य जाँच गराउने ल्याबमा सिलबन्दी गरेको छ ।

विभाग नेतृत्वको सरकारी टोलीले आज अनुगमनका क्रममा चाबहिलस्थित चारु मेडिकल स्टोरमा चिकित्सकको सिफारिसबिना मनोद्दीपक (मनोरोगीलाई दिइने) औषधि बिक्री गरेको फेला पारेको हो । साथै, त्यस्ता औषधिको अभिलेख नराखेको भेटिएपछि उक्त पसलमा सिल गरिएको विभागका अधिकृत श्रीप्रसाद अधिकारीले जानकारी दिए ।

उक्त पसलमा रहेका बाँकी मनोद्दीपक औषधि जोलिम, लोरी, पाज, क्लोरोप र क्लोनाज रेकर्ड राखी जफत गर्नुका साथै तीन दिनभित्र स्पष्टीकरणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यद्यपि सो पसलका सञ्चालक होमनाथ बास्तोलाले भने नियम प्रक्रिया पु¥याएर नै औषधि बिक्री गरेको दाबी गरे ।

सोही पसलको चारु पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालि दुई वर्षदेखि नवीकरण नगरेको भेटिएपछि त्यसमा पनि सिल गरिएको छ । टोलीले दर्ता नगरी चलाएको भेटिएपछि चाबहिलकै डाइग्नो हेल्थ ल्याब क्लिनिकमा पनि सिल गर्नुका साथै आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

अनुगमनका क्रममा टोलीले चाबहिलको अदीप फार्मेसीमा आधिकारिक व्यक्ति नभेटिएपछि अनाधिकार व्यक्तिलाई कुनै पनि समय औषधि पसल सञ्चालन नगर्न निर्देशन दिएको छ । अनुगमन टोलीले आजै अनुगमनका क्रममा सहयोग गर्नाको साटो उल्टै पसल नै बन्द गरेर हिँडेपछि क्षेत्रपाटीस्थित बजगाईं मेडिसिन सप्लायर्स र इखापुखु मेडिसिन डिस्टिब्युटरमा सिल गरेको टोलीमा सहभागी औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत निकेश श्रेष्ठले बताए ।

दुवै पसललाई २४ घन्टाभित्र स्पष्टीकरणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । टोलीले ती दुवै पसलमा स्पष्टीकरणसहित विभागमा उपस्थित हुने व्यहोराको सूचना टाँस गरेको छ ।

त्यसअघि टोलीले सो क्षेत्रका शुभम् फर्मा सेल्स प्रालि, एनएन फर्मास्युटिकल्स र सेर्जो मेडिसिन कन्सर्नमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा टोलीले म्याद गुज्रेका औषधि छुट्टै नराखेको, पसल दर्ता नवीकरण नगरेको र आवश्यकताअनुसार सफाइ नगरेको फेला पारेको थियो ।

उक्त क्षेत्रमा अनुगमनका क्रममा व्यापारीले व्यवस्थित र भद्र अनुगमन गर्नुपर्ने माग राखी केहीबेर हल्ला गरेका थिए । नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठले मर्यादित र भद्र तवरले अनुगमन गर्नुपर्ने र व्यापारीलाई आतङ्कित गर्न नहुने माग गरे ।

आजै टोलीले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको संग फार्मामा गरेको अनुगमनका क्रममा म्याद गुज्रेका औषधि छुट्टै नराखेको र बिलमा क्रेताको नाम ठेगाना नराखेको फेला पारेपछि त्यसको व्यवस्थापन गर्न निर्देशन दिएको थियो । महाराजगञ्जकै वेलफेयर फर्मा औषधि पसलले भने औषधि उचित तवरमा व्यवस्थापन गरेको टोलीले भेटाएको थियो ।

आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभाग, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नेपाल प्रहरी र उपभोक्ताको प्रतिनिधि सम्मिलित संयुक्त टोलीले केही दिनदेखि राजधानीका विभिन्न क्षेत्रमा नियमित स्थलगत अनुगमन गरिरहेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE