Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

लोडसेडिङ घटाउन भारतबाट ३०० मेगावाट विद्युत ल्याइँदै

\"power-house-1000x0\" काठमाडौं, २८ असार । सरकारले आगामी हिउँदमा तात्त्विक रूपमा लोडसेडिङ घटाउन भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्ने भएको छ । त्यतिबेला भारतबाट आयात हुने बिजुली ६ सय मेगावाट पुग्ने र मुलुकको आन्तरिक उत्पादनसमेत बढ्ने भएकाले आगामी हिउँदमा लोडसेडिङ ८ घण्टामा सीमित हुने जानकारी विद्युत् प्राधिकरणका एक अधिकारीले दिए । अघिल्लो हिउँदमा लोडसेडिङ १६ घन्टासम्म पुगेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ – दुई देशबीचको समझदारीमा नेपाल–भारत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन र दुई विद्युत् नाकाबाट थप तीन सय मेगावाट बिजुली आयात गर्ने गृहकार्य भइरहेको जानकारी ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले दिए । विद्युत् प्राधिकरणका २ र विदेशी तथा स्वदेशी निजी लगानीका ६ निर्माणाधीन आयोजना सम्पन्न भई आगामी हिउँदसम्ममा मुलुकमा १ सय ५० मेगावाट थप बिजुली उत्पादन हुने भएको छ । घिमिरेका अनुसार आगामी हिउँदमा मुलुकमा विद्युतको माग १ हजार ४ सय ५० मेगावाट पुग्नेछ । मुलुकमा उत्पादित र भारतबाट आयात हुने थप बिजुली गरी हिउँदयाममा १ हजार मेगावाट बिजुली आपूर्ति हुनेछ । विद्युत् प्रणालीमा १ हजार मेगावाट बिजुली उपलब्ध भयो भने हिउँदमा लोडसेडिङ ८ घण्टाभन्दा बढी हुने छैन । ‘भारतबाट लक्ष्यबमोजिम बिजुली आयात गर्न सकियो भने आगामी हिउँदमा अघिल्लोको तुलनामा तात्त्विक रूपमा लोडसेडिङ घट्नेछ,’ घिमिरेले कान्तिपुरसित भने । उनका अनुसार ढल्केबर– मुजफ्फरपुर प्रसारण लाइनको सबस्टेसनको क्षमता विस्तार गरी आगामी हिउँदसम्म २२० केभी क्षमताको बनाइनेछ । क्षमता बढेपछि उक्त प्रसारण लाइनबाट तीन सय मेगावाट बिजुली आयात गर्न सकिनेछ । हाल उक्त प्रसारण लाइनबाट नेपालले भारतबाट जम्मा ८० मेगावाटमात्र बिजुली आयात गरिरहेको छ । कटैया–कुसाहा र परवानीपुर–रक्सौल विद्युत् नाकामा प्रसारण लाइन निर्माण ९सर्किटको० काम भइरहेको छ । आगामी हिउँदसम्म दुवै ठाउँको काम सम्पन्न गर्ने लक्ष्य विद्युत् प्राधिकरणको छ । ती विद्युत् नाका हुँदै भारतबाट ५०र५० मेगावाट बिजुली आयात गरिनेछ । ‘हाल भारतबाट विभिन्न विद्युत् नाकाबाट २ सय ८० देखि ३ सय ३५ मेगावाटसम्म बिजुली आयात गरिरहेका छौं,’ प्राधिकरणका एक अधिकारीले भने, घअब तीन ठाउँबाट ३ सय मेगावाट थपेर आगामी हिउँदमा भारतबाट ६ सय मेगावाट बिजुली ल्याउनेछौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE