Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

ओलीले राष्ट्रिय सरकारको कुरै सुन्न नचाहेपछि समर्थन फिर्ता लिदैँ माओवादी

\"Kp-Oli-Prachanda\"काठमाडौं, २८ असार । राष्ट्रिय सहमतिका लागी दौडधुप गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ओलीकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव गर्दा समेत ओलीले अस्विकार गरेका छन् । ३ दिनदेखि राष्ट्रिय सरकार निर्माणका लागी दौडधुप गरिरहेका प्रचण्डले झण्डै लर्जन पटक ओलीसँग भेटघाट र छलफल गर्दै बाम गठबन्धन भन्दा अहिले संविधानको कार्यान्वयनका लागी राष्ट्रिय सरकार आवश्यक रहेको भन्दै उनकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका थिए । सोमबार यस्तो प्रस्ताव लिएर गएका प्रचण्डलाई ओलीले आफुलाई ढाल्न खोजेको भन्दै अस्विकार मात्रै गरेनन् चिढ्याएर पठाए । प्रचण्डले उनकै नेतृत्वमा बनाउन प्रयत्न गर्ने र सम्भव नभए आफुलाई प्रस्ताव गर्न समेत ओलीलाई आग्रह गरेका थिए । प्रचण्डको आग्रहलाई ओलीले अस्विकार गरे । यसअघि एमालेसँग भएको ९ बुँदे सहमति र ३ बुँदे भद्र सहमतिको समेत स्मरण गराएका प्रचण्डलाई ओलीले आफुले सरकार नछोड्ने बताएको बालुवाटार स्रोत बताउँछ । भद्र सहमतिमाथि ओली अभद्र भएको भन्दै प्रचण्ड अब ओलीसँग थप छलफल नहुने भन्दै बाहिरिएका थिए । समर्थन फिर्ता लिदैँ माओवादी ओलीले प्रचण्डका कुनैपनि प्रस्ताव नमानेपछि सरकारको समर्थन फिर्ता लिएर माओवादी केन्द्रले राष्ट्रिय सरकारका लागी आव्हान गर्ने भएको छ । राष्ट्रिय सरकार नबने स्थितिमा माओवादीले कांग्रेसको समर्थनमा बहुमतको सरकार निर्माणका लागी नेपाली कांग्रेससँग एक प्रकारको मौखिक सहमति गरिसकेको बताइएको छ भने समर्थन फिर्ता लिएसँगै लिखित सहमति हुने माओवादी केन्द्रको दाबी छ । ओली सरकारलाई दिएको समर्थन आजै मंगलबार फिर्ता लिने तयारीमा माओवादी केन्द्र छ भने ओलीले सहमितय सरकाको कार्ड फ्याकेनन् भने ओली सरकारको आयु लगभग अन्त्य भएको छ । समर्थन फिर्ता सिधैं लिने कि आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने भन्ने निर्णय भने माओवादी केन्द्रले गरिसकेको छैन । ओली सरकारले माओवादी केन्द्रका नेता कार्यकर्तामाथि अदालतमा रहेका मुद्धा आयोगमा पठाउने काममा तदारुकता नदेखाएपछि माओवादीमा सरकार छोड्ने मत बलियो हुँदै गएको थियो । अर्कोतिर ओली सधैं बोकेर हिड्दा आफ्नो अस्तित्व नै हराएजस्तो हुने भन्दै माओवादीकै कतिपय नेता कार्यकर्ताले नेतृत्वलाई कि सरकार आफै नत्र छोड्न दबाब दिईरहेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE