Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

ओलीले राष्ट्रिय सरकारको कुरै सुन्न नचाहेपछि समर्थन फिर्ता लिदैँ माओवादी

\"Kp-Oli-Prachanda\"काठमाडौं, २८ असार । राष्ट्रिय सहमतिका लागी दौडधुप गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ओलीकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव गर्दा समेत ओलीले अस्विकार गरेका छन् । ३ दिनदेखि राष्ट्रिय सरकार निर्माणका लागी दौडधुप गरिरहेका प्रचण्डले झण्डै लर्जन पटक ओलीसँग भेटघाट र छलफल गर्दै बाम गठबन्धन भन्दा अहिले संविधानको कार्यान्वयनका लागी राष्ट्रिय सरकार आवश्यक रहेको भन्दै उनकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका थिए । सोमबार यस्तो प्रस्ताव लिएर गएका प्रचण्डलाई ओलीले आफुलाई ढाल्न खोजेको भन्दै अस्विकार मात्रै गरेनन् चिढ्याएर पठाए । प्रचण्डले उनकै नेतृत्वमा बनाउन प्रयत्न गर्ने र सम्भव नभए आफुलाई प्रस्ताव गर्न समेत ओलीलाई आग्रह गरेका थिए । प्रचण्डको आग्रहलाई ओलीले अस्विकार गरे । यसअघि एमालेसँग भएको ९ बुँदे सहमति र ३ बुँदे भद्र सहमतिको समेत स्मरण गराएका प्रचण्डलाई ओलीले आफुले सरकार नछोड्ने बताएको बालुवाटार स्रोत बताउँछ । भद्र सहमतिमाथि ओली अभद्र भएको भन्दै प्रचण्ड अब ओलीसँग थप छलफल नहुने भन्दै बाहिरिएका थिए । समर्थन फिर्ता लिदैँ माओवादी ओलीले प्रचण्डका कुनैपनि प्रस्ताव नमानेपछि सरकारको समर्थन फिर्ता लिएर माओवादी केन्द्रले राष्ट्रिय सरकारका लागी आव्हान गर्ने भएको छ । राष्ट्रिय सरकार नबने स्थितिमा माओवादीले कांग्रेसको समर्थनमा बहुमतको सरकार निर्माणका लागी नेपाली कांग्रेससँग एक प्रकारको मौखिक सहमति गरिसकेको बताइएको छ भने समर्थन फिर्ता लिएसँगै लिखित सहमति हुने माओवादी केन्द्रको दाबी छ । ओली सरकारलाई दिएको समर्थन आजै मंगलबार फिर्ता लिने तयारीमा माओवादी केन्द्र छ भने ओलीले सहमितय सरकाको कार्ड फ्याकेनन् भने ओली सरकारको आयु लगभग अन्त्य भएको छ । समर्थन फिर्ता सिधैं लिने कि आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने भन्ने निर्णय भने माओवादी केन्द्रले गरिसकेको छैन । ओली सरकारले माओवादी केन्द्रका नेता कार्यकर्तामाथि अदालतमा रहेका मुद्धा आयोगमा पठाउने काममा तदारुकता नदेखाएपछि माओवादीमा सरकार छोड्ने मत बलियो हुँदै गएको थियो । अर्कोतिर ओली सधैं बोकेर हिड्दा आफ्नो अस्तित्व नै हराएजस्तो हुने भन्दै माओवादीकै कतिपय नेता कार्यकर्ताले नेतृत्वलाई कि सरकार आफै नत्र छोड्न दबाब दिईरहेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending