Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

अढाइ वर्षदेखि हतकडी भित्र जीवन जिउँदै

\"hathcadi\"महोत्तरी, २८ असार । महोत्तरीको बिजलपुरा–१ जुडीकी ३० वर्षीया भागकुमारी देवीले आफ्नो श्रीमान्लाई हतकडी लगाएर राखेकी छिन् । भाग कुमारीले आफ्ना ३३ वर्षीय श्रीमान् बलिराम सिंहलाई अढाइ वर्षदेखि फलामे सिक्रीले हातमा बाँधेर राख्दै आएकी हुन् । सिंहको शरीरमा माघको कठाङ्गिँरदो जाडो होस् या वैशाखको गर्मी उनको शरीरमा एउटा गन्जीबाहेक अरु लुगा हुँदैन । उनको शरीरमा गन्जी लगाउन समेत भागकुमारीलाई समस्या नै हुन्छ । हातमा लगाइएको हतकडीले गर्दा बलिरामको शरीरमा गन्जीको माथिल्लो भाग च्यातिने भएकाले काँधमा नखुस्किने गरी गाँठो पार्नुपर्छ । घरपरिवारले उनलाई कुनै रहरले हतकडी लगाएका होइनन्, बाध्य भएर लगाएका हुन् । एघार वर्षदेखि मानसिक रोगबाट पीडित बलिरामले आफ्ना ६० वर्षीय बुबा खेहरु सिंहलाई लठ्ठीले हिर्काएर टाउको फुटाइ दिएका थिए । समुदायमा दानवीय व्यवहार देखाउन थालेपछि बलिरामको हातमा हतकडी लगाइएको हो । बलिरामको कुटाइबाट उनका बुबा खेहरु गम्भीर घाइते भएका थिए । अढाइ वर्षअघि रु ११ लाखमा एक बिगाह खेत बेचेर उनको बुबाको उपचार गरियो, तर पूर्णरुपमा निको भने भएको छैन । बलिरामकै उपचारमा पनि झन्डै रु १० लाख खर्च भइसकेको उनकी श्रीमती भागकुमारी देवी बताउँछिन् । मानसिक रोगबाट पीडित सिंहले डाक्टरको सल्लाहबमोजिम औषधि खान मान्दैनन्, जसले गर्दा उनी पहिलेको अवस्थामा फर्किन सकेका छैनन् । तीन छोरी र एक छोराको बाउ रहेका बलिरामको घर परिवारमा पुरुष मान्छे अभिभावक नहुँदा घरपरिवारलाई घर व्यवहार धान्न हम्मेहम्मे परेको छ । बलिरामले बुबालाई कुट्दा उपचारमा खर्चिएको रु तीन लाख अझै कर्जा छ । क्षणमै रिसाउने, कराउने, मान्छेलाई देख्न नसक्ने, घरमाथि, मान्छेमाथि ढुङ्गा फ्याल्ने जस्ता कार्यबाट घर परिवारका सदस्य आजित भइसकेका छन् । रातिराति हिँड्नेलगायतका कार्यले गर्दा घर परिवार मानसिक दबाबमा छन् । कक्षा १० सम्म पढेका बलिराम अहिले मानसिक रोगबाट पीडित भएपछि घर न घाटका भएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE