Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

अढाइ वर्षदेखि हतकडी भित्र जीवन जिउँदै

\"hathcadi\"महोत्तरी, २८ असार । महोत्तरीको बिजलपुरा–१ जुडीकी ३० वर्षीया भागकुमारी देवीले आफ्नो श्रीमान्लाई हतकडी लगाएर राखेकी छिन् । भाग कुमारीले आफ्ना ३३ वर्षीय श्रीमान् बलिराम सिंहलाई अढाइ वर्षदेखि फलामे सिक्रीले हातमा बाँधेर राख्दै आएकी हुन् । सिंहको शरीरमा माघको कठाङ्गिँरदो जाडो होस् या वैशाखको गर्मी उनको शरीरमा एउटा गन्जीबाहेक अरु लुगा हुँदैन । उनको शरीरमा गन्जी लगाउन समेत भागकुमारीलाई समस्या नै हुन्छ । हातमा लगाइएको हतकडीले गर्दा बलिरामको शरीरमा गन्जीको माथिल्लो भाग च्यातिने भएकाले काँधमा नखुस्किने गरी गाँठो पार्नुपर्छ । घरपरिवारले उनलाई कुनै रहरले हतकडी लगाएका होइनन्, बाध्य भएर लगाएका हुन् । एघार वर्षदेखि मानसिक रोगबाट पीडित बलिरामले आफ्ना ६० वर्षीय बुबा खेहरु सिंहलाई लठ्ठीले हिर्काएर टाउको फुटाइ दिएका थिए । समुदायमा दानवीय व्यवहार देखाउन थालेपछि बलिरामको हातमा हतकडी लगाइएको हो । बलिरामको कुटाइबाट उनका बुबा खेहरु गम्भीर घाइते भएका थिए । अढाइ वर्षअघि रु ११ लाखमा एक बिगाह खेत बेचेर उनको बुबाको उपचार गरियो, तर पूर्णरुपमा निको भने भएको छैन । बलिरामकै उपचारमा पनि झन्डै रु १० लाख खर्च भइसकेको उनकी श्रीमती भागकुमारी देवी बताउँछिन् । मानसिक रोगबाट पीडित सिंहले डाक्टरको सल्लाहबमोजिम औषधि खान मान्दैनन्, जसले गर्दा उनी पहिलेको अवस्थामा फर्किन सकेका छैनन् । तीन छोरी र एक छोराको बाउ रहेका बलिरामको घर परिवारमा पुरुष मान्छे अभिभावक नहुँदा घरपरिवारलाई घर व्यवहार धान्न हम्मेहम्मे परेको छ । बलिरामले बुबालाई कुट्दा उपचारमा खर्चिएको रु तीन लाख अझै कर्जा छ । क्षणमै रिसाउने, कराउने, मान्छेलाई देख्न नसक्ने, घरमाथि, मान्छेमाथि ढुङ्गा फ्याल्ने जस्ता कार्यबाट घर परिवारका सदस्य आजित भइसकेका छन् । रातिराति हिँड्नेलगायतका कार्यले गर्दा घर परिवार मानसिक दबाबमा छन् । कक्षा १० सम्म पढेका बलिराम अहिले मानसिक रोगबाट पीडित भएपछि घर न घाटका भएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending