Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

अनुगमन र कारबाही नहुँदा अवैध स्वास्थ्य संस्था छ्याप्छ्याप्ती

\"medicines\"भक्तपुर, २८ असार । जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन तथा कारबाही गर्न नसकेपछि भक्तपुरका चोक तथा गल्लीमा अवैध स्वास्थ्य संस्था छ्याप्छ्याप्ती सञ्चालनमा आएका छन् । अनुगमन र कारबाही पनि नहुने भएपछि जिल्लाका मुख्य सहर, नयाँबस्तीका चोक र गल्लीमा बिनादर्ता अवैध रुपमा औषधि पसल, अवैध गर्भपतन सेवासहितको स्वास्थ्य क्लिनिक, डेन्टल क्लिनिक एवम् अस्पताल सञ्चालनमा आएका छन् । धेरै औषधि पसलले भाडामा ल्याएको औषधि पसलको प्रमाणपत्र झुन्ड्याएर औषधि बिक्री गर्ने एवम् विभिन्न विशेषज्ञ र चिकित्सकको नाम झुन्ड्याएर बिरामीलाई समेत ठगी गर्दै औषधि बिक्री एवम् स्वास्थ्य जाँच गर्दा पनि सम्बन्धित निकायले चासो दिएको छैन । औषधि पसलमा प्रमाणपत्र झुन्ड्याए पनि ती व्यक्ति भेटिँदैनन् । औषधिको सामान्य ज्ञान समेत नभएका व्यक्तिलाई पसलमा राखेर औषधि बिक्री गर्ने गरेको समेत पाइएको उपभोक्ताको गुनासो छ । औषधिमा मनोमानी मूल्य लिने, सामान्य ज्ञान पनि भएका व्यक्तिले नै बिरामीको स्वास्थ्य परीक्षण गरेर औषधि दिने र कतिपय क्लिनिकले अनुमतिबिना शय्या राखेर अवैध रुपमा गर्भपतन गराउने गरेका छन् । यस्ता औषधि पसल, क्लिनिक एवम् स्वास्थ्य संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान भए पनि १० प्रतिशत पनि दर्ता नभएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रशासन शाखाले जनाएको छ । विसं २०७० को स्वास्थ्य निर्देशिकाले जनस्वास्थ्यलाई २५ श्ययासम्मको स्वीकृति दिन सक्ने अधिकार दिए पनि भक्तपुरमा सञ्चालित एक सयभन्दा बढी यस्ता स्वास्थ्य संस्था दर्ता नगरी सञ्चालन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा उजुरी आउने गरे पनि साधन, स्रोत र जनशक्तिको अभाव देखाउँदै अनुगमन गरिएको छैन । दर्तावाला क्लिनिक एवम् स्वास्थ्य संस्थाले जनस्वास्थ्य कार्यालयमा मासिक प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान रहे पनि सो नियमलाई समेत पालना गरिएको छैन । यस्ता स्वास्थ्य संस्थाले आम्दानीको पाँच प्रतिशत कर बुझाउनुपर्ने प्रावधान रहे पनि कारबाही हुन नसक्दा बर्सेनि करोडौँ रुपैयाँको कर छली भइरहेको कार्यालयका जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीले बताएका छन् । कार्यालय प्रमुखले नै अवैध सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको अनुगमन र कारबाहीलाई चासो नदिएको बताउँदै कर्मचारीले विगत वर्षमा भएका अनुगमनमा दोषी ठहरिएकालाई समेत कारबाही गर्न नसकिएको बताएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE