Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

अनुगमन र कारबाही नहुँदा अवैध स्वास्थ्य संस्था छ्याप्छ्याप्ती

\"medicines\"भक्तपुर, २८ असार । जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन तथा कारबाही गर्न नसकेपछि भक्तपुरका चोक तथा गल्लीमा अवैध स्वास्थ्य संस्था छ्याप्छ्याप्ती सञ्चालनमा आएका छन् । अनुगमन र कारबाही पनि नहुने भएपछि जिल्लाका मुख्य सहर, नयाँबस्तीका चोक र गल्लीमा बिनादर्ता अवैध रुपमा औषधि पसल, अवैध गर्भपतन सेवासहितको स्वास्थ्य क्लिनिक, डेन्टल क्लिनिक एवम् अस्पताल सञ्चालनमा आएका छन् । धेरै औषधि पसलले भाडामा ल्याएको औषधि पसलको प्रमाणपत्र झुन्ड्याएर औषधि बिक्री गर्ने एवम् विभिन्न विशेषज्ञ र चिकित्सकको नाम झुन्ड्याएर बिरामीलाई समेत ठगी गर्दै औषधि बिक्री एवम् स्वास्थ्य जाँच गर्दा पनि सम्बन्धित निकायले चासो दिएको छैन । औषधि पसलमा प्रमाणपत्र झुन्ड्याए पनि ती व्यक्ति भेटिँदैनन् । औषधिको सामान्य ज्ञान समेत नभएका व्यक्तिलाई पसलमा राखेर औषधि बिक्री गर्ने गरेको समेत पाइएको उपभोक्ताको गुनासो छ । औषधिमा मनोमानी मूल्य लिने, सामान्य ज्ञान पनि भएका व्यक्तिले नै बिरामीको स्वास्थ्य परीक्षण गरेर औषधि दिने र कतिपय क्लिनिकले अनुमतिबिना शय्या राखेर अवैध रुपमा गर्भपतन गराउने गरेका छन् । यस्ता औषधि पसल, क्लिनिक एवम् स्वास्थ्य संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान भए पनि १० प्रतिशत पनि दर्ता नभएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रशासन शाखाले जनाएको छ । विसं २०७० को स्वास्थ्य निर्देशिकाले जनस्वास्थ्यलाई २५ श्ययासम्मको स्वीकृति दिन सक्ने अधिकार दिए पनि भक्तपुरमा सञ्चालित एक सयभन्दा बढी यस्ता स्वास्थ्य संस्था दर्ता नगरी सञ्चालन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा उजुरी आउने गरे पनि साधन, स्रोत र जनशक्तिको अभाव देखाउँदै अनुगमन गरिएको छैन । दर्तावाला क्लिनिक एवम् स्वास्थ्य संस्थाले जनस्वास्थ्य कार्यालयमा मासिक प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान रहे पनि सो नियमलाई समेत पालना गरिएको छैन । यस्ता स्वास्थ्य संस्थाले आम्दानीको पाँच प्रतिशत कर बुझाउनुपर्ने प्रावधान रहे पनि कारबाही हुन नसक्दा बर्सेनि करोडौँ रुपैयाँको कर छली भइरहेको कार्यालयका जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीले बताएका छन् । कार्यालय प्रमुखले नै अवैध सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको अनुगमन र कारबाहीलाई चासो नदिएको बताउँदै कर्मचारीले विगत वर्षमा भएका अनुगमनमा दोषी ठहरिएकालाई समेत कारबाही गर्न नसकिएको बताएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending