Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

माओवादीका ठुला नेता वेपत्ता पार्ने विरुद्ध उजुरी दर्ता

\"bepattaकाठमाडाैं , २८ असार  । राज्यद्धारा २०५६ जेठ ७ देखि वेपत्ता पारिएका माओवादी नेता दण्डपाणि न्यौपाने (दीपेन्द्र) को परिवारले मंगलबार वेपत्ता आयोगमा उजुरी दर्ता गराएको छ । न्यौपाने पत्नी शान्ता, छोरा गोपालले पुल्चोकस्थित वेपत्ता छानविन आयोगमा पुगेर उजुरी दर्ता गराएका हुन् । परिवारले दोषी पत्ता लगाई हदैसम्मको कारवाहीको माग गरेका छ । पत्नी शान्ता पूर्व सभासद् हुन भने गोपाल माओवादी केन्द्र निकट विद्यार्थी संगठनका कोषाध्यक्ष तथा माओवादी महाधिवेनश आयोजक समितिका सदस्य छन् । उजुरीमा सीता अधिकारी र मित्रलाल पौडेल साक्षी बसेका छन् । वेपत्ता पारिएका माओवादी नेता–कार्यकर्ताहरुमा न्यौपाने सवैभन्दा ठूला नेता हुन । त्यसबेला उनी पार्टीको केन्द्रीय सदस्य थिए । उनी जनयुद्ध शुरुपूर्वको १९ सदस्यीय माओवादी केन्द्रीय समितिमा थिए । को हुन दण्डपाणि ? चितवन गितानगर–३ निवासी न्यौपाने २०५६ जेठ ७ मा काठमाडौं सुन्धारा टेवालको संकटा मन्दिर अगाडिबाट प्रक्राउ परेका थिए । सादा पोशाकका प्रहरीले पक्राउ गरेपछि उनलाई शुरुमा न्यूरोडस्थित जनसेवा प्रहरी कार्यलयमा राखिएको र त्यसपछि महराजगंजस्थित प्रहरीको २ नम्वर गणमा राखिएको थियो । त्यसपछि न्यौपानेलाई पोखरा हुँदै विभिन्न ठाँउमा पु¥याइएको अपुष्ट सूचना बाहिर आएको थियो । तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले ‘आत्मसर्मपण गरे भेटाइदिने सूचना’ न्यौपाने परिवारकहाँ पठाएको समेत उजुरीमा उल्लेख छ । \"bepatta\" कसका विरुद्ध प¥यो उजुरी न्यौपानेको परिवारले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, गृहमन्त्रीहरु गोविन्दराज जोशी, पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, कमल थापा, बामदेव गौतम विरुद्ध उजुरी दिएको छ । त्यसबाहेक गृहसचिवहरु पदमप्रसाद पोखरेल, श्रीकान्त रेग्मी, विजयराज भट्टराई, टिकदत्त निरौला, अनन्तराज पाण्डे, चण्डीप्रसाद श्रेष्ठ, बालकृष्ण प्रसाई र उमेश प्रसाद मैनाली विरुद्ध पनि उजुरी परेको छ । प्रहरी महानिरीक्षकहरु अच्युतकृष्ण खरेल, श्यामभक्त थापा र प्रदीप शमसेर जवरा विरुछ पनि उजुरी छ । तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी उषा नेपाल, काठमाडौं प्रहरी प्रमुख भरतबहादुर जिशी र २ नम्वर गणका प्रमुख चुणाबहादुर श्रेष्ठ पनि वेपत्ता पार्नेमा भूमिका खेलेको उजुरीमा छ । त्यसैवीच पुर्व विद्यार्थी नेताद्धय हिमाल शर्मा र विना मगर तथा सरिता शर्माले पनि आज नै वेपत्ता आयोगमा पुगेर उजुरी दर्ता गराएका छन् । उनीहरुलाई २७ महिना वेपत्ता पारिएको थियो । अधिकाश समय भैरवनाथ गणमा राखिएको उनीहरुले आफुहरुलाई बताउँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE