Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

यसकारण गरे ओलीले राजीनामा नगर्ने अडान

\"oli\" काठमाडौं, २९ असार । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबभन्दा ठूलो दल कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने तयारी गरिरहँदा अल्पमतमा परेका ओलीले भने राजीनामा नदिने अडान लिएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – संविधानमा संक्रमणकालीन संसद्मा सरकारविरुद्ध अविश्वास प्रस्ताव र सरकार परिवर्तनको व्यवस्था नरहेको भन्दै ओलीले त्यस्तो अडान लिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी समिति बैठकले राजीनामा नदिने निर्णय गरेको हो । माओवादी सरकारबाट बाहिरिनु देशका लागि दुर्भाग्यपूर्ण भएको ठहर गर्दै बैठकले संवैधानिक तथा संसदीय प्रक्रियाको सामना गर्ने निर्णय पनि गरेको छ । बैठकपछि महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिको आधारशिला निर्माण गरिरहेको अवस्थामा माओवादी केन्द्रको यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गम्भीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको उल्लेख छ । वर्तमान सरकार बनेयता सुदृढ बनिरहेको राष्ट्रिय स्वाधीनता, स्वाभिमान, राष्ट्रिय हितको रक्षा, आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको भारत र चीन भ्रमणका क्रममा भएका महत्त्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पुर्‌याउन सक्ने सम्भावनाप्रति पार्टी गम्भीर बनेको विज्ञप्तिमा उल्लेख छ । पार्टीको भाबी राणनीतिलगायतका विषयमा बुधबार बस्ने बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तासीन आठ दलको बैठकले सरकारबाट माओवादी फिर्ता भएको विषय राजनीतिक भएको निष्कर्ष निकालेको छ । बैठकले संसदीय प्रक्रियाअनुसार भएको निर्णयलाई मात्र आफूले मान्ने निष्कर्ष पनि निकालेको छ । बैठकले प्रधानमन्त्रीलाई तत्काल राजीनामा नदिन र संसदीय प्रक्रियाको सामना गर्न सुझाव दिएको छ । बैठकले माओवादी केन्द्रले सत्ता साझेदार दलसँग कुनै सल्लाह नगरी सरकारलाई दिएको समर्थन फिर्ता लिनु दुःखद भएको निष्कर्ष पनि निकालेको छ । स्रोतका अनुसार बैठकमा राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्रीलाई राजीनामा नदिन र संसद्को सामना गर्न सुझाव दिए । त्यसपछि बोल्ने अरू दलका नेताहरूले पनि सोही सुझावमा समर्थन जनाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE