Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

निर्यातको चार गुणा तरकारी आयात हुन्छ नेपालमा

काँकडभिट्टा, नेपालबाट बन्दागोभी भारत निकासी हुने गरेको छ भने यताबाट निकासी हुने बन्दाको मात्राभन्दा झन्डै चार गुणा बढी अरु तरकारीहरु चाहिँ भारतबाट नेपालमा आयात हुने गरेको छ । क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०/७१ मा काँकडभिट्टा नाका भएर नेपालबाट पाँच हजार ५०८ मेट्रिक टन बन्दागोभी भारत निर्यात भएको छ । तर सोही समयमा काँकडभिट्टा नाका भएर भारतबाट १९ हजार ७५० मेट्रिक टन विभिन्नखाले तरकारी नेपाल आयात भएको छ । नेपालमा बन्दागोभी बाहेक अन्य सबैखाले तरकारी भारतबाट आयत हुँदै आएको कार्यालयले जनाएको छ । झापालगायत पूर्वका बजारमा खपत हुने तरकारी काँकडभिट्टा नाका हुँदै भारतबाट भित्रिने गरेको छ । सोही नाकाबाट धनकुटा तथा इलामको बन्दागोभी भारत निर्यात हुने गरेको छ । भारतबाट गत आवमा २६ करोड ७९ लाख ९६ हजारबराबरको तरकारी आयात भएको देखिन्छ भने चार करोड ४० लाख ६५ हजारबराबरको मात्र तरकारी निर्यात हुन सकेको छ । क्वारेन्टाइनका अनुसार भारतबाट ११४ मेट्रिक टन काउली, एक हजार ७१९ मेट्रिक टन करेला, छ हजार ८६२ मेट्रिक टन भन्टा, तीन हजार ६४ मेट्रिक टन हरियो खुर्सानी, चार हजार ५४ मेट्रिक टन प्याज, एक हजार ९३६ मेट्रिक टन काँक्रा, पाँच हजार ७७४ मेट्रिक टन गोलभेँडा, ४७ मेट्रिक टन घिरौला, १५ मेट्रिक टन लौका, २६४ मेट्रिक टन फर्सी, ११४ मेट्रिक टन बन्दागोभी गरी १९ हजार ७५० मेट्रिक टन तरकारी आयात भएको छ । कार्यालयको तथ्याङ्कअनुुसार चालु आर्थिक वर्षको छ महिनामै रु १२ करोड ४० लाख ४८ हजारबराबरको तरकारी आयात भइसकेको छ । यो अवधिमा ३७ हजार ३९१ मेट्रिक टन मात्र बन्दागोभी निर्यात भएको क्वारेन्टाइन कार्यालयका अधिकृत विजयकुमारलाल कर्णले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending