Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

‘स्पोर्टस अवार्ड’को मनोनयन सार्वजनिक

\"sportsकाठमाडौँ, २९ असार । नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्षको ‘पल्सर स्पोर्टस अवार्ड’का लागि मनोनयन सार्वजनिक गरेको छ ।

आज यहाँ पत्रकारसम्मेलनको आयोजना गर्दै मञ्चले चार विधाका लागि मनोनयन सार्वजनिक गरेको हो । अवार्डका लागि हरेक विधामा पाँच÷पाँच खेलाडी मनोनयनमा परेका छन् । मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा गठित सात जनाको समितिले गत वर्ष अर्थात् विसं २०७२ भरि विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र देशलाई सफलता दिलाउने खेलाडीलाई अवार्डका लागि योग्य ठहर गर्दै मनोनयन गरेको बताइएको छ ।

जसअन्तर्गत वर्षका उत्कृष्ट पुरुष खेलाडीमा फुटबलका नवयुग श्रेष्ठ र विकेश कुथू, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी तथा तेक्वान्दोका वीरबहादुर महरा छन् ।

त्यस्तै उत्कृष्ट महिला खेलाडीतर्फ जुडोकी फुपू ल्हामु खत्री, उसुकी निमा घर्तीमगर, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्की रहेका छन् ।

त्यसैगरी क्रिकेटका सन्दीप लामिछाने, फुटबलका अन्जन विष्ट, पौडीकी गौरिका सिंह, जुडोकी मनिता श्रेष्ठ प्रधान, उसुकी निमा घर्ती मगर उत्कृष्ट युवा खेलाडीका लागि मनोयनमा परेका छन् ।

साथै वर्षको उत्कृष्ट प्रशिक्षकमा फुटबलका बालगोपाल महर्जन र राजुकाजी शाक्य, क्रिकेटका जगत टमाटा, उसुका प्रकाश महर्जन र जुडोका दलबहादुर गुरुङ छनोट हुन सफल भए ।

यीबाहेक अन्य चार विधामा गरी यो वर्ष जम्मा आठ विधामा पुरस्कार दिइनेछ । ‘पिपुल्स च्वाइस अवार्ड’का लागि यसअघि नै पाँच खेलाडी मनोनयनमा परिसकेका थिए ।

दर्शकको ‘एसएमएस’ मतका आधारमा हुने यस विधामा फुटबलका नवयुग श्रेष्ठ, क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी प्रतिभा माली, टेबलटेनिसकी नविता श्रेष्ठ र भारोत्तोलनकी तारादेवी पुन मनोनयनमा परिसकेका छन् ।

अन्य विधामा उत्कृष्ट पाराएथलेटिक, स्पेसल अवार्ड र ‘लाइभ टाइम अचिभमेन्ट’ अवार्ड छन् । यी तीन विधामा अवार्ड प्रदान गरिने दिन सोझै निर्णय गरिने छ ।

विभिन्न विधाका मनोनयनमा परेका मध्ये फुटबलका नवयुग, क्रिकेटका सन्दीप र उसुकी निमा दुई विधामा समावेश छन् ।

यीमध्ये वर्षका सर्वोत्कृष्ट पुरुष, महिला र ‘पिपुल्स च्वाइस’ विधाका एक÷एक खेलाडीले जनही पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्यले जनही रु ५० हजार पाउनेछन् । अवार्ड आगामी साउन ६ गते यहाँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रदान गरिने कार्यक्रम छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending