Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

यसरी बित्दैछ, ओमानको तेल खानीमा एउटा नेपालीको जिन्दगी (तस्बिरसहित)

\"Birat काठमाडौं, ३० असार । प्रथम र दोस्रो विश्वयुद्धमा भाडाको सिपाही बनेर लाखौं नेपालीहरु विदेशिए । कति उतै मरे । कति अंगभंग भएर बुढेसकालमा फर्किए । ऐतिहासिक तथ्याङकहरुका अनुसार करिव २ लाख मानिसहरु दोस्रो विश्वयुद्धमा बिदेखिएको विद्धानहरुले बताउने गरेका छन् । त्यो भनेको तत्कालीन नेपालको करिव २० प्रतिशत हुन आउँथ्यो । विश्वयुद्ध सँगसँगै मुग्लान  भन्दै भारत जानेको संख्यापनि अनगिन्ती बढ्यो । कति नेपाली काला पहाड भन्दै कोइलाखानीमा पुरिए, त्यसको कुनै मुचुल्का छैन सिंहदरबारसँग । आज त्यसरी विदेशिने नेपालीको गन्तव्य फेरिएको छ । एक रातमै चिलगाडी चढेर जान्छन् नेपालीहरु दुनियाँको कुनाकुना । त्यसरी विमानस्थलमा दुई थोपा आँशु चुहाउँदै रोटी खोज्न जानेको संख्या ५० लाख पुग्न आँटेको अनुमान छ । प्रत्येक दिन ५ जना नेपालीको लास बाकसमा बन्द भएर आउँने घटनाले रेमिट्यान्स गनिरहेकाहरुलाई खासै छोएको जस्तो देखिदैन । देश रेमिट्यान्सको बैशाखी टेकेर बामे सर्दै गरेको जस्ताे देखिन्छ । \"Birat कथा विराट तामाङको  बाध्यताको आँधीले उडाएर आज नेपालीलाई विश्वको कुन भूगोलमा पु¥याएको छ कसैलाई थाहा छैन । त्यस्तै  बाध्यताको हुरीले उडाएर लगेको एक नेपाली हो महोत्तरीका बिराट तामाङ । प्रमाणपत्र तह पास गरेका बिराटले नेपालमै धेरै गर्न खाेजे । तर भएन । अन्ततः उनी पुगे सात समुन्द्रपारी । बिराट ओमान पुगेको दुई वर्ष वित्न लाग्यो । गृह जिल्लाबाट करिव साँडे ९ हजार किलो मिटरको दुरीमा उनी फलज अल काबैलस्थित एक तेल फ्याक्ट्रीमा ‘कुक असिस्टेन्ट’का रुपमा काम गर्छन् । ३० हजार वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित ओमानको जनसंख्या ४४ लाख रहेको छ । ओमान ग्यास र तेलद्धारा आत्मनिर्भर छ ।बिराटसहित उनी कार्यरत कम्पनिमा केही नेपाली र धेरै भारतीय र बंगाली मजदुरहरु छन् । कुकको काम गर्ने कामदारको अलावा तेल फ्याक्ट्रीमा काम गर्ने मजदुरहरु ७ हजारको संख्यामा छन् । उनको समूहले दुई वर्षदेखि निरन्तर २ सय जनालाई खाना बनाउँदै आएका छन् । \"Birat   नेपालमा म्यानपावर कम्पनिले भनेको जस्तो नभएको उनी बताउँछन् । ओमान पुगेपछि सहमति भएको भन्दा धेरै काम गर्नु परेको उनको अनुभव छ । ‘सेवा सुविधाहरु पर्याप्त छैन । कुक भएपनि कतिपय काम तातो घाममा गर्नु पर्छ ।’ घरपरिवारको याद आउँछ नी  घरपरिवारको याद कत्तिक आउँछ भन्ने प्रश्नमा उनी बताउँछन् ‘ याद आउँछ नी । याद आएर के गर्नु काम गर्नै पर्यो ।’ अब उनको सम्झौता सकिन पाँच महिना मात्र बाँकी छ । काम सकिने वित्तिकै घर जान पाउँने हो की होइन उनलाई चिन्ताले छ । त्यसको कारण उनका अरु साथीहरुपनि त्यसरी सजिलै घर जान नपाएका घटनाहरु उनको आँखा अघि छ । खबरडबलीसँग उनी भन्छन्,‘दुई वर्ष त्यतिकै बित्यो । समय पो सकिन लागेछ ।’ ओमान आउनुभन्दा १ वर्ष अघि उनले विवाह गरे । नेपालमै केही गर्न सकिन्छ की भनि धेरै नै काम खोजे । तर भने जस्तो काम नपाएपछि ऋण गरेर पुगे विरानो देशमा । छोरी दुई वर्षकी भई । फोटो पठाएकी छे श्रीमतीले फेसबुकमार्फत ।   नेपाल आएर केही गर्ने चाहाना बंगालीहरुको कथा पछि बिराटले सुनाए, ‘ऋण त दुःख सुःख तिरियो । अब नेपाल आएरै केही गर्छु ।’ उनले मासिक कति कमाउँछन् भन्नेबारे बताउन चाहेनन् । उनले भने, ‘भनेको जस्तो नभएपनि कमाइयो ।’ मैले उनलाई सोधें,‘देश अहिले ३० प्रतिशत रेमिट्यान्सले धानिएको छ । रेमिट्यान्स घटे नेपालमा ठूलो आर्थिक संकट आउन सक्छ भनेर विश्व बैंक लगायतले भनेको छ नी । तपाईहरु उतै बसे देश विकास हुन्छ भनिरहेका छन् नी एता त  ? ’ मेरो प्रश्नमा उनले धेरै बोल्न चाहेनन् । मात्र यति भने,‘भ्रष्टचार गरेर देशलाई डुबाउनेहरुको भो कुरा नगरौं ।’ हेर्नुहोस् तस्बिरहरु  \"Birat \"Birat \"birat \"Birat \"Birat \"Birat \"Birat
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy