Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

छिमेकीसँग भुक्ने र चिढ्याउने नीति नलिउँः भट्टराई

\"baburam\" काठमाडौं, ३० असार । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले छिमेकीसँग भुक्ने र चिढ्याउने नीति नलिन आग्रह गरेका छन् । रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद् आयोजना विहीबार राजधानीमा भएको राष्ट्रिय सुरक्षा गोष्ठीमा बोल्दै उनले आन्तरिक राष्ट्रिय एकताका लागि देशभित्रका सबै शक्तिहरु एक हुनुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले राष्ट्रिय सुरक्षाको विषय कुनै दल विशेष, दलभित्र पनि गुट विशेषको विषय बन्न नहुने बताए । राष्ट्रिय सुरक्षाको विषयमा र राष्ट्रिय सुरक्षा नीति तय गर्दा सबै राजनीतिक दलहरु एक ठाउ“मा उभिनुपर्नेमा उनको जोड थियो । उनले सुरक्षाको विषय गतिशील हुने र परिस्थितिअनुसार सुरक्षा नीति तय हुनुपर्ने बताए । सरकार परिवर्तनले राष्ट्रिय सुरक्षा कमजोर नेता भट्टराईले एक वर्ष पनि बित्न नपाउँदै सरकार परिवर्तन भइरहँदा राष्ट्रिय सुरक्षा कमजोर हुने बताए । उनले राजनीतिक अस्थिरता अन्त्य गर्नका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमै जानुपर्ने बताए । ‘लोकतान्त्रिक राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्छ’, उनले भने । सुरक्षा निकायहरुको पुनःसंरचना आवश्यक राष्ट्रिय सुरक्षा मजबुत बनाउनका लागि सुरक्षा निकायहरुको पनि पुनःसंरचना आवश्यक भएको उनले बताए । सुरक्षा निकायहरुको पुनःसंरचना गरेर वैज्ञानिकीकरण र आधुनिकीकरण गर्न सक्दा मात्रै तत्कालीन सुरक्षा खतराको सामना गर्न सकिने उनले बताए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द लगायतले राष्ट्रिय सुरक्षा नीतिका विषयमा आफ्ना धारणाहरु राखेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने उक्त कार्यक्रम बहिष्कार गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending