Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

नयाँ सरकारबारे नेताहरुको जुहारी

\"haribol-gajurel1\"काठमाडौँ, ३० असार । प्रमुख राजनीतिक दलका नेताहरु व्यवस्थापिका–संसद्मा बुधबार दर्ता भएको सरकारविरुद्धको अविश्वासको प्रस्तावको पक्ष, विपक्षमा उभिएका छन् ।

रिपोर्टर्स क्लबले बिहीबार गरेको साक्षात्कार कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल विपक्षमा उभिँदा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका लक्ष्मणलाल कर्णले भने अविश्वासको प्रस्ताव सफल भएरै छाड्ने जिकिर गरे ।

मन्त्री पोखरेलले आफूहरु अझै बहुमतमै रहेको तथा सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव असफल हुने र पुनः नेकपा एमालेकै सरकारले निरन्तरता पाउने जिकिर गरे । उनले वर्तमान सरकारले धेरै लोकप्रिय काम गरेकाले बाह्य शक्तिको दबाबमा सरकार ढाल्ने काम भएको जिकिर गर्दै भने, “अँध्यारो कोठामा बसेर अर्काले स्क्रिप्ट लेखेको छ, त्यसमा साथीहरु नाचेका छन् ।”

काँग्रेस नेता लेखकले मन्त्री पोखरेलले लगाएको आरोपको प्रतिवाद गर्दै अँध्यारो कोठामा नभई नयाँ बानेश्वर ९संसद् भवन०को उज्यालो कोठामै सरकार फेर्ने निर्णय गरिएको बताए। उनले वर्तमान एमाले नेतृत्वको सरकारको राष्ट्रिय कार्यसूची असफल भएकाले विकल्प खोजिएको बताउँदै भने, “अब बन्ने सरकारले सबै जाति, धर्म, समुदाय र क्षेत्रका जनताले उठाएका मुद्दालाई सकेसम्म समेट्दै पूर्ण रुपमा संविधान कार्यान्वयन गर्नेछ ।”

निवर्तमान मन्त्रीसमेत रहनुभएका माओवादी नेता गजुरेलले अविश्वासको प्रस्ताव संसद्मा छलफल हुनुभन्दाअघि नै प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकारका लागि मार्गप्रशस्त गर्नुपर्ने बताए । उनले हरेक कोणबाट सरकारको नेतृत्व असफल भएकाले आफ्नो पार्टीले विकल्प खोज्नुपरेको स्पष्ट पारे ।

मधेसी मोर्चाका नेता कर्णले सरकार फेर्ने कुरामा आफूहरु सहमत भए पनि मोर्चाले उठाएका माग सम्बोधन नभएसम्म सरकारमा गइहाल्ने वातावरण नबनेको बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy