Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

प्रधानमन्त्रीलाई थरीथरीका सल्लाह

महान्यायाधिवक्ताका दुई सल्लाह सल्लाह १ : संसदमा अविश्वासको प्रस्तावको सामना गर्ने सल्लाह २ : संसदमा छलफलपछि सम्बोधन गर्दै राजीनामा कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेपछि महान्यायाधिवक्ता हरि फुँयालले प्रधानमन्त्री केपी ओलीलाई दुईवटा विकल्प सुझाएका छन् । संविधानअनुसार अविश्वास प्रस्ताव दर्ता भएकाले संसदमा अविश्वासको प्रस्तावको सामना गर्न उनको पहिलो सुझाव छ । प्रस्तावमाथिको छलफलपछि प्रधानमन्त्रीले जवाफ दिने क्रममा राजिनामा दिनुपर्ने फुयाँलको अर्को सुझाव छ । यसो गर्दा अविश्वासको प्रस्ताव पारित नहुँदै प्रधानमन्त्रीले राजिनामा दिनेछन् । ‘संविधानको धारा २९८ को आठमा प्रधानमन्त्रीले राजीनामा दिएमा, विश्वासको मत लिने क्रममा फेल भएमा र अविश्वासको प्रस्ताव पारित भएमा पदमुक्त हुनसक्ने व्यवस्था छ,’ फुँयालले भने, ‘अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले ‘फेस’ गरेर पदमुक्त हुने या अविश्वासको प्रस्ताव छलफल भइसकेपछि रोस्ट्रममा उभिएर राजीनामा दिने दुईबाहेक अरु विकल्प प्रधानमन्त्रीसँग छैन । राजनीतिक विषय भएकाले के रोज्नुहुन्छ उहा“ले सोच्ने विषय हो ।’ कानुनमन्त्री अग्नि खरेल र महान्यायाधिवक्ता फुँयालसँग प्रधानमन्त्री ओलीले पटक–पटक संवैधानिक र कानुनी परामर्श लिएका छन् । रोस्ट्रमबाट राजीनामाको सम्भावना : फुँयाल मेरो विचारमा अविश्वासको प्रस्तावमा छलफल नभएसम्म प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न । प्रस्तावमाथि संसदमा छलफल भइसकेपछि जवाफ दिने क्रममा आफ्ना कुरा राखेर राजिनामा गर्न सक्नुहुन्छ । हामीले यही नै गर्नुस् भन्ने संवैधानिक र कानुनी सल्लाह दिन सक्दैनौँ । \"oli\"केही नेताको बुझाइ स् अर्को सरकारका लागि संवैधानिक व्याख्या आवश्यक संविधानको संक्रमणकालीन व्यवस्थामा नयाँ सरकार गठन प्रक्रियाबारे कुनै व्यवस्था नभएको भन्दै एमालेभित्र केही नेताले संवैधानिक व्याख्या हुनुपर्ने मत उठाउँदै छन् । एमालेमा यस्तो मत बलियो बन्दै गएको छ । संविधानको धारा ७६ निर्वाचनबाट बन्ने प्रतिनिधिसभा गठन भएपछि मात्रै लागू हुने उसको तर्क छ । ओलीनिकट नेताहरू महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, नेता शंकर पोखरेल, प्रमुख सचेतक भानुभक्त ढकाललगायतका नेताले यस विषयलाई विशेष जोडका साथ उठाउँदै छन् । तर, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरू भने सबै विषयमा मौन देखिएका छन् । सभामुखको सिफारिसपछि सर्वोच्चमा रिट हाल्ने तयारी : अविश्वासको प्रस्ताव पारित भएपछि सभामुखले नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई आह्वानका लागि पत्र पठाएलगत्तै एमालेनिकट केही कानुन व्यवसायीले सर्वोच्चमा रिट दर्ता गर्ने तयारी गरेका छन् । संक्रमणकालीन व्यवस्थामा एकपटकबाहेक सरकार गठनको अर्को परिकल्पना नभएको उनीहरुको जिकिर छ । अधिवक्ता टीकाराम भट्टराईले संविधानतः नयाँ सरकार गठन हुने भए पनि संक्रमणकालीन व्यवस्थाअन्तर्गतका धारा र संसद्को नियमावलीमा त्यससम्बन्धी कार्यविधि प्रस्ट नरहेकाले सर्वोच्चमा कसैले पनि रिट हाल्न सक्ने स्थिति रहेको बताए । ‘जोकोहीले पनि अदालतमा रिट हाल्न सक्छन्,’ भट्टराईले भने, ‘राजनीतिक सहमतिका आधारमा निरूपण गरेर मात्रै प्रक्रिया अघि बढाउन सकिन्छ ।’ संविधानविद् डा। भीमार्जुन आचार्य, डा। विपीन अधिकारीलगायतले वर्तमान संविधानअनुसार नयाँ सरकार गठन हुनै नसक्ने दाबी गर्दै आएका छन् । राष्ट्रपतिले लिन सक्छिन् राय : २०४७ सालको संविधानमा राष्ट्रप्रमुखले विवादित विषयमा सर्वोच्चसँग राय लिने व्यवस्था गरे पनि वतर्मान संविधानले राष्ट्रपतिलाई त्यस्तो अधिकार दिएको छैन । त्यसैले कुन धारामा टेकेर सरकार गठन गर्ने भन्ने विवाद भयो भने उनले सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता, राजनीतिक दलका नेता, संविधानविद्लगायतसँग केही समय परामर्श भने लिन सक्नेछिन् । अाजकाे नयाँ पत्रिका दैनिकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE