Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

प्रचण्डको राजनीतिक अवसानपछिको ‘ड्रामा’का रुपमा हेरेको छु : विप्लव

\"NetraBikramChand_20141226042711_20141226061641-750\" काठमाडौं, २ साउन । दशवर्षे द्वन्द्वकालका मुख्य नेता पुष्पकमल दाहाल दोस्रोपल्ट प्रधानमन्त्री बन्ने तयारी गर्दैगर्दा उनका दोस्रो तहका एक सहयात्री नेत्रविक्रम चन्द ‘विप्लव’ फेरि अर्को विद्रोहको चेतावनी दिइरहेका छन् । केही समययता अर्धभूमिगत नेकपा माओवादीका महासचिव चन्द मंगलबार राजधानीस्थित एक कार्यकर्ताको डेरामा कान्तिपुरका लागि उपलब्ध भए । उनले दाहाल, बाबुराम भट्टराईलगायत नेताले शान्ति प्रक्रिया सुरु भएयता लिएका निर्णयको आलोचना गर्दै केही सैद्धान्तिक प्रश्नहरु उठाए । अनि आफ्नो नेतृत्वमा अब गर्ने भनिएको आन्दोलनबाट राजनीतिक शक्ति आर्जन गर्ने रणनीति रहेको छनक दिए । चन्दसँग सुधीर शर्मा र बसन्त बस्नेतले गरेको कुराकानी आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । अर्को आन्दोलन गर्ने, विद्रोह गर्ने भन्ने वास्तविकता के हो भन्ने कान्तिपुरको प्रश्नमा उनले भने, ‘ यसका बारेमा बजारमा हामीले सोचेभन्दा फरक प्रचार आएको छ । जनयुद्ध नै दोहोर्‍याउने होइन, एकीकृत जनक्रान्ति गर्ने हो । जनयुद्ध र जनविद्रोहभन्दा मौलिक, जनताको आवश्यकताअनुसार क्रान्तिलाई लैजाने हो ।’ एकीकृत क्रान्तिको स्वरुपका बारेमा उनले जनताको मतद्वारा निर्धारण हुने बताएका छन् । उनले भने, ‘जनताले बिषयलाई उठाउँदा आवाजबाट नै उठाउँछन् । हामी त्यसको प्रतिनिधित्व गर्छौ । त्यसको स्वरुप एकै खालको हुन्छ भन्ने छैन । जनसंघर्षकै रुपमा विकास हुन्छ । त्यसको उत्कर्षमा के हुन्छ, अहिले भन्न सकिन्न । हामीचाहिं सबै विकल्पका लागि तयार हुनुपर्छ भन्नेमा छौं ।’ माओवादी घटकहरुको ध्रविकरणको बारेमा प्रचण्डले गरिरहेको कोसिस प्रति लक्षित गर्दै कान्तिपुरले सोधेको प्रश्नमा उनले भने, ‘त्यसलाई मैले प्रचण्डको राजनीतिक अवसानपछिको ‘ड्रामा’का रुपमा हेरेको छु । हिजोको ‘रियल’ प्रचण्डको राजनीतिक जीवनको अन्त्य भएपछि रहलपहलहरुलाई जोड्ने काम हो । यसको औचित्य छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE