Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा

काठमाडाै, जारि विश्वकप क्रिकेट २०१५ अन्तर्गत शुक्रबार एडिलेड ओभलमामा भएको क्वार्टरफाइनलमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै विश्वकप क्रिकटको सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको २१३ रनको लक्ष्य अष्ट्रेलियाले ३३.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । ओपनर आरोन फिन्चलाई २ रनमै गुमाएर खराब सुरुवात गरेको अष्ट्रेलियाका अर्का ओपनर डेभिड वार्नरलाई पनी २४ रनमा आउट भए । कप्तान माइकल कलार्क पनी ८ रनमा आउट भए । सेन वाट्सन र स्टिीभ स्मिथले  ८९ रनको साझेदारी गरे । ६९ बलमा ७ चौका हानेका स्मिथ ६५ रनमा आउट भए । सेन वाट्सनलाई राहत अलीले ४ रनमा ड्रप गरेका थिए । त्यस्तै ग्लेन म्याक्सवेललाई ७ रनमा सोहेल खानले क्याच ड्रप गरे । म्याक्सवेल र वाट्सनले पाँचौं विकेटकालागि अबिजित ६८ रनको साझेदारी गरेका थिय। म्याक्सवेल ४४ रनमा अबिजित रहे भने वाट्सन ६४ मा नटआउट रहे । पाकिस्तानकालागि वाहब रियाजले २ तथा एसाले आदिल र सोहेल खानले समान १(१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९।५ ओभरमा २१३ रनमा अलआउट भयो । पाकिस्तानको सुरुवात राम्रो हुन सकेन । प्याट कमिन्सको स्थानमा पेश बलर जोश हृयाजलउडलाई खेलाउने माइकल क्लार्कको रणनीति सफल भयो । उनले पाकिस्तानको स्कोर २० रन हुँदा भरपर्दा ब्याट्सम्यान सरफराज अहमदलाई क्लार्कको हातबाट क्याच गराए । उनी १० रनमा आउट भए । थप ४ रन जोड्दा अर्का ओपनर अहमद शेहजादलाई ५ रनमा गुमायो । कप्तान मिस्बाह उल हकले हृयारिस सोयलसँग तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गर्दै पाकिस्तानलाई केहि आश दिलाए । सोयल ४१ तथा मिस्बाह ३४ लाई म्याक्सवेलले पभेलियनको बाटो देखाएपछि पास्किस्तानका लागि कुनै साझेदारी भएन । उमर अकमल २० तथा सोहिब मकसुद २९ रनमा आउट भए । अष्ट्रेलियाका जोश हृयाजलउडले ४ विकेट लिए । म्याक्सवेल र मिचेल स्टार्कले समान २(२ विकेट लिए । यसससँगै मिचेल स्टार्क १८ विकेटसहित जारी प्रतियोगितामा सवार्धिक विकेट लिने खेलाडीको सूचीमा पहिलो स्थानमा छन् । विश्वकपको पहिलो संस्करणमै फाइनलमा पुगेको अष्ट्रेलिया समग्रमा ७ औं पटक सेमिफाइनलमा प्रवेश गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: