Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

‘सयको लगानी, हजारको आम्दानी’

प्यूठान, ‘सयको लगानी हजारको आम्दानी’ सुन्दा अनौँठो लाग्न सक्छ । तर यहाँका एक कृषकले सयमा लगानी गरी अहिले हजारको आम्दानी गर्दा जिल्लामै नमुना बनेका छन् । दक्षिणी प्युठानको बाङ्गेसाल गाविस–६ दर्भानका हरिबहादुर केसीले अहिले आफूमात्रै होइन बेरोजगार स्थानीय युवालाई सीप हस्तान्तरणसँगै नयाँ काम सुरु गर्न प्रेरणा दिँदै समाजमा नै नमुना बनेका हुन् । ‘व्यक्तिको जीवनमात्रै होइन समाजलाई पनि हामीले परिवर्तन गर्ने हो’– उनले भने– ‘सयमा सुरु गरेको कामले मलाई हजारौँको आम्दानी दिएको छ ।’ ‘पराल काट्ने, उसिन्ने र त्यसलाई प्लास्टिकमा पोका पार्ने मेरो दैनिकी हो ।’–  केसीले भने– ‘सुरु गर्दा सयमा लगानी गरेको थिएँ तर अहिले हजारौँ आम्दानी गर्दैछु ।’ उनले यस्तो दैनिकी चलाएको एक वर्ष भयो । केसीले अहिले जिल्लामै नमुना च्याउ उत्पादन गर्दा उनको चर्चा थप बढ्दै गएको छ । ‘च्याउ बनाउनका लागि बिहान ५ बजेबाटै काम सुरु गर्ने गरेको छु ।’– केसीले भने । पाँच वर्ष खाडी मुलुक कतारमा मजदुरी गरी घर फर्कनुएका केसीले बाँकेको खजुरामा सञ्चालित ५१ दिने अगुवा कृषक कार्यक्रमबाट निःशुल्क तालिम लिएका थिए । तालिम सिकेपछि चार हजार पाँच सयको लागतमा च्याउखेती सुरु गरेका हुन् । केसीले अहिले खर्चबाहेक च्याउखेतीबाटै मासिक २५ हजारसम्म आम्दानी गर्ने गर्ने गरेका छन् । उनले खाडीमा बस्दा धेरै समस्या हुने गरेकोमा अहिले परिवारसँग सँगै बस्दै कामलाई अगाडि बढाएको बताए । ‘यहाँ त परिवारसँगै बस्दा रमाइलो पनि, सुख पनि हुन्छ’– उनको कथन थियो । उनले उत्पादन गरेको च्याउ स्थानिय बजारमै खपत हुने गरेको छ । उत्पादित च्याउ पछिल्लो समय दाङ, नेपालगन्ज र रोल्पासम्ममा पठाउने गरेको उनले बताए । केसीले बारीमा दुईवटा छाप्रो बनाई २५० वटा छ्वालीमा च्याउ उत्पादन गर्दै आएका छन् । उनका अनुसार बीउ किनेर ल्याए आफ्नै घरगोठको अँध्यारो कोठामा च्याउखेती गर्न सकिन्छ । एक पटक लगाएको बीउले तीनदेखि चार महिनासम्म आम्दानी लिन सकिन्छ । जग्गा नहुने र धेरै लगानी लगाउन नसक्ने विपन्न किसानका लागि च्याउखेती गतिलो माध्यम भएको उनले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: