Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

सरकार, तिम्रो तलब र कफिनबाट चुहिएको रगतमा के फरक छ ?

\"khabardabali\"काठमाडौं, ५ साउन । मन्त्रिपरिषदको ३१ असारको बैठकले बजेटमा घोषणा गरेको कर्मचारीको तलब बृद्धिलाई सरकारले कार्यान्वयन गर्ने भएको छ । यो कार्यान्वयनसँगै राज्यलाई करिब ३५ अर्व व्ययभार थपिएको छ । अब साउन महिनादेखि राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मले पाइआएको तलब भन्दा २५ प्रतिशत बढि तलब बुझ्नेछन् । यसबाट राष्ट्रपतिदेखि सांसदसम्म सबै दंग छन् । राष्ट्रसेवक कर्मचारीहरु खुशीले गद्गद् नहुने कुरै भएन । तर यसले आम जनतालाई के दिन्छ अब ? हामी सहजै अनुमान गर्न सक्छौं । अब कालिमाटीको तरकारी पसलमा हिजोको दाममा तरकारी पाइने छैन । गाडीमा हिजोकै पैसाले गन्तव्यमा पुगिने छैन । घरबेटीले ढोकामा भाडा बृद्धि भएको सुचना जारी गर्नेछ । स्कुलबाट नानीहरुले पैसाको बिल लिएर आउने छन् । भूकम्प र बाढी पहिरोले विक्षिप्त भएको गाउँमा महंगी डरलाग्दो बाजा बजाउँदै पुग्नेछ । नेपाल त्यही देश हाे जुन देश विश्व मानव विकासको सुचकांकमा १४५ औं स्थानमा छ । विश्वको करिव २०० सय देश मध्ये नेपाल गरिव देशको सूचिबाट माथि उठ्न सकेको छैन । ३२ प्रतिशत रेमिट्यान्सले धानेको मूलुकमा राष्ट्रसेवक कर्मचारीहरुका लागि भनेर अरबौं बजेट छुट्याइन्छ । मानिसहरु भोक भोकै बसेका छन् । बस्ने ओत छैन । घरबारविहीन बनेका छन् । यही देशमा एउटा बालकको नाममा १ करोड दान दिइन्छ । सिटामोल खान नपाएर, खानुपर्छ भन्ने ज्ञानको कमीले मानिस अझै मरिरहेका छन् । त्यही देशमा एकजना राष्ट्रपतिको मासिक तलब मात्र १ लाख ५० हजार हुन्छ । यही देशमा नागरिक पाल मुनी भोकै सुत्छन् । त्यही देशको राष्ट्रपति लाखौं तलब खान्छन् । तर सामान्य जनता झन् भन्दा झन् गरीव हुँदै गएका छन् । आर्थिक विसमताले मानिसलाई जबरजस्ती मरुभूमिमा पु¥याइरहेका छन् । २०१० मा ४ सय जनाको हातमा सिंगो विश्वको कूल पुँजी जम्मा भएको तत्थ्याङ सार्वजनिक भइसकेको थियो । त्यसको ६ वर्ष वित्दा नबित्दै विश्वको कुल पुँजी ६० जनामा केन्द्रीत हुन आइपुगेको अर्थविद्हरुले बताइरहेका छन् । त्यस्तै परिवेश नेपालमा देखिदैछ । निश्चित मानिसहरु धनी हुँदै जाने र आम सर्वसाधारण झन् झन् गरीवी अभाव तर्फ धकेलिने क्रम जारी छ । के यही हो गणतन्त्र भनेको ? के यसकै लागि थिए हजारौंले ज्यान कुर्वानी दिएको ? आज जनताले बुझ्दैछन् की ती उच्च ओहोदामा बसेका मानिसहरुका तलब प्रत्येक दिन बिमानस्थलमा आउने काठको बाकसबाट चुहिएको रगतको थोपा हो । नेपालको भ्रष्ट कर्मचारीतन्त्रले खाने तलब सर्वसाधारण जनतालाई ऐनको ठण्डा बर्साएर उठाएकाे चुसेको पसिनाको एक एक बुँध हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy