Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

एमाले युवा संघमा भाँडभैलो

एमाले भ्रातृसंगठन युवा संघ नेपाल आन्तरिक विवादका कारण विभाजनको संघारमा पुगेको छ ।  संस्थापन पक्षले स्थापित विधि र विधान मिचेर जवर्जस्ती पदाधिकारी परिवर्तन गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले समानान्तर कमिटी सञ्चालन गर्दै आएको छ । गत माघमा अध्यक्ष महेश बस्नेतले उपाध्यक्ष नीरु पाललाई अध्यक्ष बनाइएपछि  उत्पन्न भएको आन्तरिक विवाद छताछुल्ल भएको हो । संस्थापनपक्षले विधान विपरीत १७ जना पदाधीकारी मध्ये ५ जनालाई परिवर्तन गरि आफु अनुकुल व्यक्ति भर्ति गरिएको आरोप असन्तुष्ट पक्षको आरोप छ । तर, सस्थापनपक्षले असन्तुष्टपक्षको आरोपको कुनै तुक नभएको भन्दै सडकमा कराउनुको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् । संस्थापनपक्षका नेतृ तथा अध्यक्ष नीरु पालले भनिन् –‘हामी कारवाही देखि डराउँदैनौ तर हेडौंडा राष्ट्रिय भेला कुनै पनि हालतमा रोकिदैन’ भन्दै राष्ट्रिय भेला संगठनको आधिकारीक भेला भएको भन्दै असन्तुष्टपक्षलाई हेटौंडा आउन आग्रह गरिन् । यस्तै, असन्तुष्तपक्षका नेतृ तथा संघका उपाध्यक्ष दिलु पन्तले भनिन्–‘अबैधानिक भेलाको कुनै कुनै अर्थ नभएको टिप्पणी गर्दै बाटो हिड्ने बटुवालाई टिका लगाउँदैमा अध्यक्ष मान्न नसकिने बताइन् ।’ एमालेको बलियो खम्बा मानिने युवा संघभित्र दुई नेतृबीच नीति र संगठनको लडाइँजस्तो देखिए पनि भित्री अर्थमा भने जुँगाको या निजी अस्तित्वको लडाइँ रहेको छ । नेकपा एमालेको नवौं महाधिवेशनमा केपी ओली र बरिष्ठ नेता माधब नेपालबीच प्यानलनै बनाएर चुनावी प्रतिस्प्रर्धामा उत्रिएपछि त्यसको असर भातृ संगठनमा पनि परेको छ । यसरी युवा संघको एउटै झन्डाभित्र दुई नेताको जुँगाको स्वार्थको कारण युवा संगठनबीच भिडन्तको स्थिति सिर्जना भएको हो । संस्थापनपक्षलाई अध्यक्ष केपी ओली र असन्तुष्टपक्षलाई माधब नेपालले काखी च्यापेपछि युवा संघ यतिबेला एउटै नदिको दुई किनारा भएका छन् । युवा संघभित्रको आन्तरीक विवादले उग्ररुप लिएपछि बुधवार अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहोराले विवाद समाधानको लागि युवा संघ तथा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको थियो । शुक्रबार युवा फाँट इन्चार्ज शेरबहादुर तामाङले दुवै पक्षको भेला रोक्न निर्देशन दिएको छ । साथै आन्तरीक विवाद तत्काल समाधान गर्न स्थायी कमिटीलाई निर्देशन दिएको छ । आफ्नै इन्चार्जले दिएको निर्देशनलाई पनि वेवास्था गर्दै दुवैपक्षले भेला जारी राख्ने बताएका छन् । तर, इन्चार्ज तामाङले भने–‘दुवै पक्षले पार्टीको निर्देशन मानि भेला स्थगित गर्न आग्रह गर्दै स्थगित नगरे कारवाही गर्ने चेतावनी दिएको छ । शनिवार हुने भेलामा हेटौंडमा अध्यक्ष ओली र काठमाडौंमा नेता माधब नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । कहिले के भयो ? २०७० माघ २१ गते– महेश बन्नेतबाट राजीनामा, तत्कालीन उपाध्यक्ष निरु पाललाई अध्यक्ष बनाइएको । २०७० चैत २४ गते– धुलिखेल भेलाबाट १ सय ३५ केन्द्रीय सदस्यलाई आफूखुशी परिवर्तन गरी १ सय ८५ पुर्याइएको । २०७१ चैत ४ गते– पार्टीको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले प्रेस विज्ञप्ति जारी गरी पार्टी र युवा संघलाई दुवै पक्षका समानान्तर भेला स्थगन गरी आन्तरिक विवाद समाधान गर्न निर्देशन । २०७१ चैत ५ गते– युवा संघका महासचिव अशाेक चन्दमाथि संस्थापन पक्षबाट सांघातिक आक्रमण । २०७१ चैत ६ गते– इन्चार्ज शेरबहादुर तामाङबाट दुवै पक्षको भेला स्थगन गर्न निर्देशन । स्थगन नगरिए सम्बन्धितहरुमाथि कारबाही गरिने चेतावनी ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy