Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

प्रचण्ड यसकार चीन जाँदैछन्

काठमाडौं, दलबीच सहमतिको प्रयास विफल भइरहेका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन जाँदैछन् । राजधानी दैनिकमा खबर छ–चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा प्रचण्ड सोमबार चीन भ्रमणमा जान लागेका हुन् । प्रचण्डको साथ पत्नी सीता र एमाओवादी महासचिव कृष्णबहादुर महरा पनि जाँदैछन् । विभागको कार्यक्रमलाई प्रचण्डले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रममा चीनसहितका देशका प्रतिनिधि सहभागी हुनेछन् । चीनको कुन्मिङमा हुने कार्यक्रमपछि प्रचण्ड सोझै नेपाल फर्कने कार्यक्रम छ । उनको बेइजिङ, सांघाई लगायतका सहरमा भने पुग्ने कार्यक्रम छैन । प्रचण्ड १३ चैतमा नेपाल फर्कनेछन् । ‘उहाँ कुन्मिङ सहरमा आयोजित एउटा पब्लिक कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्न त्यसतर्फ जान लाग्नुभएको हो ।’ एमाओवादी अन्तर्राष्ट्रिय विभागका सदस्य युवराज चौलागाईंले भने, ‘केही दिन त्यतै बसेर १३ चैतमा नेपाल फर्कनुहुन्छ ।’ नेपालका दलबीच संघीयतामा कुरा नमिलिरहेका बेला छिमेकी देश चीनको भ्रमणमा जानुलाई अर्थपूर्ण रुपमा पनि हेरिएको छ । चीनमा प्रचण्डले राजनीतिक भेटघाट पनि गर्ने भएका छन् । ‘स्वाभाविक रुपमा केही राजनीतिक भेटघाट हुन्छ । तर, अहिले नै यही व्यक्तिसँग राजनीतिक भेटघाट हुने भन्ने आइसकेको छैन ।’ चौलागाईंले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending