Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रधानमन्त्रीबाट राजीनामा दिएलगत्तै ओलीले भेटे प्रचण्डलाई, के भयो कुराकानी ?

काठमाडौं, ९ साउन । आइतबारको संसद बैठकमा राजीनामाको घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली सरासर माओवादी अध्यक्ष प्रचण्ड बसेको स्थानमा पुगे र हात अगाडि लम्काए । प्रचण्डले पनि आफ्नो आसनबाट उठेर हात अघि सारे । ओली र प्रचण्डले कसिलो हात मिलाए । उठी उठी दुबैले छोटो कुराकानी गरे । आखिर के भने होलान् उनीहरुले एकअर्कालाई ? सबैको चासो बन्यो ।

\"kp-OLI-And-Prachand\"प्रचण्ड ओली पदमुक्त भएपछि नेपालको ३९ औं प्रधानमन्त्री बन्ने दाउँमा छन् । माओवादीले नै कांग्रेस लगायत दलसँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएर ओलीलाई राजीनामा दिन बाध्य बनाएका थिए । प्रचण्ड तिनै नेता हुन् जसले सोही संसद भवनमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए । माओवादीकै साथ लिएर ओली एमाले अध्यक्ष ओली गत असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनको प्रधानमन्त्रीत्वकालमा माओवादी पनि सत्ता साझेदार बन्यो । तर, यो सत्ता साझेदारी नौ महिनासम्म मात्रै टिक्यो ।

राजनीति सधैं एकनासको हुँदैन भनेजस्तै प्रचण्ड–ओलीको ‘प्रेम’ धेरै दिन टिकेन । जसका कारण प्रचण्डकै अविश्वास प्रस्तावमा ओलीले प्रधानमन्त्री पद त्याग्न बाध्य भए । संसद बैठकमा अविश्वासको प्रस्तावमा छलफल गर्ने क्रममा ओली र प्रचण्ड दुबैले एकअर्कालाई तिखा व्यंग्यवाण प्रहार गरे । आखिर विश्वास गुमाइसकेपछि पद त्याग्नु त छँदैथियो । ओलीले आइतबार कुर्सी मोह नभएको दाबी गर्दै पद त्यागे र सबैभन्दा सुरुमा प्रचण्डसँग हात मिलाउन पुगे ।

आखिर यो हात मिलाउने क्रममा यी दुई राजनीतिक खेलाडी बीच के कुराकानी भयो होला चासोको विषय बन्नु स्वाभाविक थियो । प्रचण्डसँग ओली हात मिलाउन आएपछि कांग्रेस, मधेसी मोर्चा लगायत, जसले ओलीलाई पद छाड्न दबाव दिइरहेका थिए, ति दलका नेताहरुले ओलीसँग हात मिलाउन आइपुगे । ओलीले भ्याएसम्म सबैसँग हात मिलाउँदै बैठक कक्षको अघिल्लो ढोकाबाट बाहिरिए ।

स्रोतका अनुसार ओलीले प्रचण्डलाई नयाँ सरकारको प्रधानमन्त्री बन्न लागेको भन्द्र अग्रिम बधाइ दिएका थिए । जवाफमा प्रचण्डले मुन्टोमात्रै हल्लाए र ओलीलाई भने, ‘तपाईंले राजनेताको परिचय दिनुभयो ।’

प्रचण्डले भविष्यमा पनि एमालेसँग सहकार्य जारी राख्ने प्रस्तावसमेत गरेका थिए । प्रचण्डले अविश्वास प्रस्तावमाथिको पहिलो दिनको छलफलमै नयाँ गठबन्धन बने पनि सहमतिको राजनीति कायमै रहेको भन्दै एमालेलाई पनि सँगै लिएर हिँड्ने बताएका थिए ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘प्रचण्ड जीले तपाईं ठूलो राजनेताको परिचय दिनुभयो भनेर प्रधानमन्त्री ज्यूको सम्बोधनको प्रशंसा गर्नुभयो र भविष्यमा पनि सहकार्य जारी रहोस् भन्नुभयो ।’

ओली र प्रचण्डबीच छोटो कुराकानी भएपछि ओली नेतृत्वको सरकारमा रहेका माओवादीका तत्कालीन मन्त्रीहरु गिरिराजमणि पोख्रेल, टोपबहादुर रायमाझी, रेखा शर्मा लगायतले सामुहिक फोटो पनि खिचाएका थिए । सो क्रममा नेताहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा प्रभाकर लगायतका माओवादी नेताहरु पनि थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending