कांग्रेस कार्यालयमा अनसनः विधिका लागि कि पदका लागि ?
श्रावण १७ गते, २०७३ सोमवार 1st August, 2016 Mon१४:०२:३३ मा प्रकाशित
काठमाडौं, १७ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको पछिल्लो पटक तय गरिएको मितिमा फेरबदल आएन भने पाँच दिनपछि महाधिवेशन हुनेछ । साउन २३ गतेदेखि काठमाडौंमा हुने भनिएको महाधिवेशन पनि हुने नहुने अझै संशय छ ।
संशय नेविसंघका सामान्य सदस्यको होइन, संगठनका नेतृत्वकर्ताहरुमै देखिएको छ । नेविसंघको महाधिवेशन यसअघि पटक पटक घोषणा गरी स्थगित गरिँदै आएको छ । विभिन्न समयको बदलिँदो राजनीतिक परिस्थितिको कारण जनाउँदै महाधिवेशन स्थगित गरिँदै आएको छ । दश वर्षदेखि हुन नसकेको नेविसंघको महाधिवेशन गर्न पार्टी नेताहरुले नै आनाकानी गर्दा समस्या बल्झिएको स्वयं विद्यार्थी नेताहरु बताउँछन् ।
महाधिवेशनको समय नजिकिएको अवस्थामा विद्यार्थी नेताहरुको गतिविधि विचित्रको देखिएको छ । कोही समूह समूह बनाउँदै पार्टी नेताहरुको घरघर पुग्ने गरेका छन् भने कोही पार्टी केन्द्रीय कार्यालय सानेपामै आमरण र रिले अनसन बसिरहेका छन् ।
विद्यार्थी नेताहरुको गतिविधिहरु देख्दा संगठनभित्र निकै ठूलो मारमुङग्रो चलिरहेको छ भन्ने कुरा प्रष्टै हुन्छ । संगठनका नेतृत्व हत्याउन आधा दर्जनभन्दा बढीले प्रयत्न गरिरहेका छन् । महाधिवेशनबाट संगठनको नेतृत्व हत्याउन पार्टी नेताहरुकै चाकडी र चाप्लुसीबिना सम्भव नहुने विद्यार्थी नेताहरुको ठम्याइ छ ।
केका लागि अनसन ?
नेपाल विद्यार्थी संघको महाधिवेशन हुने भनिएपछि विभिन्न बाहनामा विद्यार्थी नेताहरु अनसन बस्ने गरेका छन् । नेताहरुले आफूहरुको कुरा नसकेको भन्दै नेताकै कार्यालयमा गइ अनसन बस्ने उनीहरुको नियति नै बनेको छ ।
केही दिनदेखि नेविसंघकै विभिन्न समूह पार्टी कार्यालय सानेपामा अनसन बसिरहेका छन् । कोही रिले अनसनमा छन् भने कोही आमरण अनसनमा छन् । तर उनीहरुको उनीहरुको असन्तुष्टी पार्टी नेताहरुप्रति नै हो ।
किन बसेका हुन् त अनसन् ? नेविसंघका विद्यार्थी नेता मित्र भट्टराई भन्छन्– यी सबै पदका लागि ‘बार्गेनिङ’ मात्र हो । भट्टराईजस्तै अन्य विद्यार्थी नेताहरुको बुझाइ पनि उस्तै देखिन्छ । संगठनको नेतृत्व तथा प्रमुख पदहरुका लागि विद्यार्थी दर्जनौं आकांक्षीहरुले दुई थरी शैली अपनाएका छन् । एकथरीले विरोध गरेर दबाब सिर्जना गर्ने तथा एकथरिले नेताहरुको हारगुहार गर्ने शैली अपनाएका छन् ।
नेविसंघको अध्यक्ष पदका आकांक्षी कुन्दनराज काफ्लेको एक समूहले आइतबारदेखि आमरण अनसनमा छन् । कुन्दनका भनेर चिनिएका गणेश सापकोटा र रत्नहरी ढुंगेलले विधिका लागि भन्दै आइतबारदेखि आमरण अनशन थालेका छन् । विधिसम्मत अधिवेशन हुनुपर्ने उनीहरुको तर्क छ ।
दुई चार जनाले संगठन कब्जा गरेको आरोप
नेविसंघ केन्द्रीय सदस्य ईन्दु शर्मासहितको अर्को समूह पनि पार्टी कार्यालय सानेपामा केही दिनदेखि रिले अनसन बस्दै आएका छन् । विधानसम्मत महाधिवेशन हुनुपर्ने उनीहरुको माग छ । विधानमा बढीमा २४जना प्रतिनिधि हुने भएकोले सोहीअनुसार प्रतिनिधि चयन हुनुपर्ने उनीहरुको तर्क छ । काफ्ले समूह पनि विधिहरु संगठन चल्नुपर्नेमा जोड दिएका छन् । दुई चार जनाले विद्यार्थी संगठन कब्जा गरेको कुन्दन समूहको आरोप छ ।
संघको जिल्ला अध्यक्ष कोको छन् भन्ने समेत नभएको र मनलाग्दो तरिकाले अध्यक्ष र प्रतिनिधि बनाउने काम गरेको काफ्लेको आरोप छ । नौ दश जना नेताहरुले नेविसंघलाई आफ्नो पेवा बनाएको उनी बताउँछन् ।
विधिवत निर्वाचनको माग गर्दै कलेज कलेजमा अभियान चलाउने उनको भनाइ छ । विधिसम्मत तरिकाले प्रतिनिधिहरु निश्चित नभएसम्म महाधिवेशन हुनै नसक्ने भन्दै काफ्ले आइतबार पार्टी कार्यालयमा भाषण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: