Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

बेनी–दरवाङ सडक डेढ महिनादेखि अवरुद्ध

\"Panchम्याग्दी, १७ साउन । म्याग्दीको पश्चिमी क्षेत्रका २० भन्दा बढी गाविसलाई सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडक डेढ महिनादेखि अवरुद्ध छ । बेनी नगरपालिका–१३ स्थित फापरखेत र बाबियाचौर–५ लाम्पाटामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । पहिरोका कारण सिधा सवारी सञ्चालन नहुँदा यातायात सेवाका साथै ढुवानीमा समस्या भएको छ । सडक डिभिजन कार्यालयले मर्मतका लागि बेवास्ता गरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले बताए । समितिले यसअघि एकपटक मर्मत गरेर सडक खुलाएको केही दिनमै पुनः अवरुद्ध भएको थियो । यसअघिका वर्षमा जिविसले मर्मतसम्भार गर्दै आएको बेनी–दरवाङ सडक गत आवमा सडक विभागलाई हस्तान्तरण भएको थियो । बागलुङस्थित सडक डिभिजनले बेनी–जोमसोम सडकलाई मात्रै प्राथमिकता दिएको र बेनी–दरवाङ सडकको पहिरो पन्छाउन ध्यान नदिएकाले सर्वसाधारणले गुनासो गर्न थालेका स्थानीय विकास अधिकारी चिरिञ्जवी पौडेलले बताए । सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर नारायण पौडेलले उपकरण नहुँदा समस्या भएको बताए । डिभिजनसँग भएका तीनवटा डोजरमध्ये एकवटा बेनी–मालढुङ्गा, अर्को बेनी जोमसोम र एउटा बागलुङ–बुर्तिवाङ सडक मर्मतमा परिचालन भएको छ । दिनहुँजसो पहिरो खसेर अवरुद्ध हुने मालढुङ्गा–बेनी सडक मर्मतका लागि राखिएको डोजर लगेर केही दिनभित्रै बेनी–दरवाङ सडक मर्मत गर्ने इञ्जिनियर पौडेलले बताए । उनका अनुसार म्याग्दीको उत्तरी । क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक खुलाउन मर्मत कार्य जारी छ । चमेरे, बैसरी, काभ्रे र घाँसा क्षेत्रमा दुईवटा डोजर परिचालन गरेर मर्मत कार्यलाई तीव्र पारिएको इञ्जिनियर पौडेलले बताउनुभयो । निरन्तरको वर्षा, हिलो र पहिरो खसिरहने भएकाले मर्मतमा समस्या भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE