Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

यसरी बढ्दैछ सरकारी अस्पतालप्रति बिरामीको आकर्षण

\"bharatpur-hospital\"रत्ननगर (चितवन), २२ साउन । चितवनको सरकारी अस्पतालमा उपचारका लागि बिरामी आकर्षित भएका छन् । अन्यत्रभन्दा सस्तो र स्तरीय सेवा दिन थालेपछि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी बर्सेनि बढ्दै गएका हुन् । भरतपुर अस्पतालबाट गएको एक वर्षमा दुई लाख ३१ हजार ३३९ जना बिरामीले सेवा लिएका छन् । अस्पतालले दिएको जानकारीअनुसार अघिल्लो आवभन्दा गएको आवमा १६ हजार ४५५ जना बढी बिरामीले अस्पतालबाट उपचार सेवा लिएका हुन् । अघिल्लो आव दुई लाख १४ हजार ८८४ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए । अस्पतालमा सबैभन्दा बढी बहिरङ्ग विभागबाट एक लाख ५३ हजार ९७६ जना बिरामीले उपचार सेवा लिएको अस्पतालको अभिलेख शाखाका कर्मचारी नारायण रिजालले जानकारी दिए । बहिरङ्ग विभागमा गत वर्षभन्दा आठ प्रतिशतले बिरामी बढेका छन् । यस्तै अस्पतालको आकस्मिक कक्षबाट गत आव २८ हजार ४५२ जनाले सेवा लिएका छन् । यस्तै प्रतिरोधात्मक सेवा चार हजार ५५२ अन्य सेवा पाँच हजार ९९६ जनाले लिएको रिजालले जानकारी दिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले सेवा स्तरीय भएकाले यस वर्ष अस्पतालमा अझै बिरामीको चाप बढ्दै गएको बताए । अस्पतालको ‘ए’ ब्लक भवन बनेसँगै श्ययाको सङ्ख्या अस्पतालको ४५० बाट बढेर ६०० पुगेको छ । अस्पतालमा सिटीस्क्यान सेवा, आइसियु १० बेडबाट बढेर २८ श्यया, एनआइसियु सेवा थप, छ वटा अत्याधुनिक अप्रेसन थ्रिएटर कक्ष, सुविधा सम्पन्न क्याबिन बनाइएको छ । भरतपुर अस्पतालमा यसै वर्षदेखि मदन भण्डारी ट्रमा सेन्टरसमेत स्थापना भएको छ । जिल्लामा भरतपुर अस्पतालसँगै दुई वटा मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल र अन्य दुई दर्जन जति स्तरीय अस्पताल छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE