Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

ओली सरकारले ल्याएका राम्रा नीति कार्यक्रमलाई यो सरकारले अघि बढाउँछ : प्रवक्ता भुषाल

\"pamfaभक्तपुर, २६ साउन । नेकपा माआबादी केन्द्रका प्रवक्ता पम्फा भुसालले केपी ओली सरकारको नेतृत्वमा आफ्नो पार्टीको सहभागिता रहेकाले सो समयमा भएका राम्रा नीति कार्यक्रमलाई वर्तमान सरकारले पूर्णता दिने बताएकी छिन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उनले ओली प्रधानमन्त्री हुँदा उनले एक्लै नीति तथा योजना र कार्यक्रम नल्याएको र माओबादीसँग छलफल गरेर ल्याएकाले राम्रो नीति तथा कार्यक्रमलाई वर्तमान सरकारले निरन्तरता दिने बताएकी हुन । कांग्रेस सँगको नयाँ गठबन्धनको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिन प्रयासमा लागेता पनि वर्तमान समय सम्म असफल रहेको बताउँदै भुसालले यो सरकारले शान्ति प्रक्रियाको बिषयलाई सम्बोधन गर्ने, पुनर्निर्माणको कामलाई तिव्रता दिन, मधेश आन्दोलनलाई सम्बोधन गर्न र संबिधानको कार्यान्वयन गर्दै तीन तहको निर्वाचन गर्ने सरकारको प्रमुख उद्देश्य रहेको बताइन । बिगतको सरकारले मधेश आन्दोलनको नेतृत्वसँगको संवाद सकारात्मक पन देखाउन सकेको थिएन तर वर्तमानमा सरकार निर्माण अगावै तीन बुँदे सहमती गरेर प्रधानमन्त्रीको चयनमा देखिएको उपस्थितिसँगै उनीहरुले राखेका मागको सकारात्मक सम्बोधन गरेर सरकारमा सामेल गराउने तर्फ आफ्नो पार्टी र सरकार लागि परेको उनले बताइन । सिमांकनको बिषय वार्ता संवादमा रहेको र यसलाई सकारात्मक रुपमा लिएर सम्बोधनको प्रयास रहेको उनले बताइन । नयाँ सत्ता समिकरणसँगै मन्त्रीमण्डलको बिस्तारमा कुनै पार्टीमा त्यस्तो किचलो नभएको र काँग्रेसका भातृसंगठन नेबिसंघको महाधिबेशन भएकाले मन्त्रीमण्डल बिस्तारमा ढिला भएको र छिट्टै पूर्णता पाउने भुसालले बताइन । गरिबसँग सरकार भन्ने नाराका साथ प्रस्तुत भएको वर्तमान सरकारले पुनर्निर्माणका सवालमा भुकम्पपिडितहरुका लागि सरकारले तत्कालै पहिलो किस्ता ४५ दिन भित्र उपलब्ध गराउने निर्णय गरेको समेत उनले बताइन । उनले भनिन, बाढी पहिरोको पिल्साई परेकोहरुका लागि सरकारले सक्दो राहत उपलब्ध गराउनु साथै उद्धारमा समेत आफ्नो गतिबिधिलाई तिब्र पारेको छ । चिनियाँ राष्ट्रपतिको आगमन सुनिश्चित रहेको भन्दै उक्त आगमनको तयारीका लागि बिभिन्न छलफल जारी रहेको भुसालले बताइन । उनले चिनियाँ राष्ट्रपतिको आगमन रोक्न नयाँ सरकारको गठन भएको भन्ने हल्ला भएको भन्दै समयले यो बिषयलाई प्रष्टाउने समेत दाबी गरिन । माओबादी केन्द्रको नयाँ बिस्तार सबै माओबादीको एकताका स्वरुप भएको र ढिला चाँडो भए पनि सबै माओबादी एकता अनिवार्य भएकाले यसका लागि सबै तर्फबाट प्रयास जारी रहेको समेत भुसाले बताइन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE