Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

त्यो गीत, जसले मेरो जीवनको बाटो मोडिदियो : रमण थामी

\"raman काठमाडौं, २८ साउन । नेपाली संगीत क्षेत्र धेरै कोणबाट धनी क्षेत्र हो । यस क्षेत्रमा धेरै कलाकारहरुले आफ्नो पसिना खर्चेका छन् । विश्व सामु नेपाली संगीतको उपस्थिति बढ्दो छ । हामीले नेपाली संगीतको क्षेत्रमा समर्पित विभिन्न श्रष्टाहरुका संगीत साधनाको अनुभूति समेट्ने प्रयास गरेका छौं । यस पटकको ‘मेरो संगीत साधना’मा दोलखा लापिलाङका गायक रमण थामी : संगीत साधनाको अनुभूति उनको आफ्नै शब्दमा यसरी लागियो जनवादी सांस्कृतिक अभियानमा संगीत क्षेत्रमा म सानैदेखि लागेको हुँ । सानो हुँदा गाउँघरमा विवाह, पूजा, जात्रा जहाँ पनि हिडिन्थ्यो । त्यहाँ गएर नाँच्न र गाउँन अघि सरिन्थ्यो । लाग्छ, त्यतिबेलैदेखि संगीतको नशा म भित्र लागिसकेको थियो । म सांगीतिक क्षेत्रमा अलि फरक पृष्ठभूमिबाट आएको हुँ । उतिखेर देशमा माओवादी आन्दोलन निकै तीव्र रुपमा चर्किरहेको थियो । त्यसको प्रभाव देशैभर थियो । यसै शिलशिलामा गाउँमा माओवादी पार्टीका मान्छेहरु आउने, सांस्कृतिक कार्यक्रमहरु गर्ने अर्थात नाच्ने गाउने गर्थे । फेरि आफू नाँचगान भनेपछि भुत्तुक्कै हुने, यस्तै प्रक्रिया धेरै समयसम्म चलिरह्यो । यसकै प्रभावले म सहित गाउँका ३\\४ जना साथीहरू एकैदिन जनवादी सांस्कृतिक अभियानमा लाग्यौं । अहिलेसम्म पनि संगीत क्षेत्रमै छु, यसैमा बाँचिरहेको छु । हिन्दी गीत बुझ्दिन थिएँ सबैभन्दा बढी फिल्मी र आधुनिक गीत सुन्थेँ । हिन्दी भाषा नबुझे पनि हिन्दी गीत निकै सुनिन्थ्यो । रेडियोमा गीत बज्यो कि शरिरभित्र एकप्रकारको भिन्नै रक्तसञ्चार प्रवाह हुन्थ्यो । कुनै पनि गीतको पूरा अंश आउँदैनथ्यो, जति आउँथ्यो दिनभरलाई काम पुग्थ्यो । दिनभर गुनगुनाईरहन्थें र त्यही गीत स्कुलमा साथीहरूलाई सुनाउथें । ६३÷६४ सालतिर हुनुपर्छ । जब निर्मला घिसिङ र मेरो युगल स्वरमा ‘तिमी झन् आगो बन्नु’ भन्ने गीत रेकर्ड भयो, त्यसपछि म भित्र गायक नै बन्ने सपना पलाउन लाथ्यो । इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ ले लेख्नुभएको त्यो गीतलाई चन्द्र अधिकारी ले संगीत भर्नु भएको थियो । जनवादी प्रेम कस्तो हुनुपर्छ भन्ने एउटा आदर्श बोकेको गीत गाएपछि गायक नै बन्छु भनेर लागेँ । त्यसपछि संगीतको साधना कति गाह्रो रहेछ भन्ने बुझ्न थालेँ । हिसाव छैन, कति हन्डर खाइयो । मेरा संगीत गुरुहरु स्वरलाई परिस्कृत गर्न गुरुदेव कामत, डाक्टर किरात, अर्जुन पोख्रेल, माइला लामा, सरगम थपलिया, चन्द्र अधिकारीसँग संगीत सिकेँ । उहाँहरुसँग सिकेको ज्ञान संगीतको महासागरमा पौडिन सहयोगी बन्यो । तर कस्तो अचम्म, संगीतको क्षेत्रमा गुरुको मात्रै भर परेन नहुने रहेछ। आफैले नयाँ गोरेटो खन्नुपर्ने रहेछ । एक दिन अचानक भेट भयो संगीतकार भरत लामासँग । बुढा मुडी स्वभावका । तर संगीतको क्षेत्रमा अलग्गै शिखर चुमेका व्यक्तित्व । राजेश पायल राईको स्वर र उहाँको संगीतमा रहेको ‘नमाग म सँग सहारा नमाग...’ गीत हजार पटक सुने हुँला । उहाँका संगीतले मलाई अलग्गै किसिमले तानेको थियो । उहाँसँग भेट भएपछि निकै घनिष्ट सम्बन्ध भयो । उहाँबाट संगीतको अझ बढी ज्ञान लिने मौका पाएँ । \"raman सय भन्दा बढि गीत गाएँ संगीत क्षेत्रमा लागेदेखि अहिलेसम्म एक सयको हाराहारीमा गीतहरु गाएँ हुँला । सुरुसुरुमा राष्ट्रिय भावका गीतहरु अलि बढी गाएँ । पछिल्लो समयमा मायाप्रेमका गीतहरु पनि रेकर्ड गराएँ लगभग एक दर्जन जति गीतमा लय भर्ने काम पनि गरेको छु । मैले चार वर्षअघि एउटा एल्बम बजारमा ल्याइएको थिएँ । त्यसको प्रतिक्रियापनि राम्रो पाएँ । त्यसले झनै संगीत क्षेत्रमा लाग्न प्रेरणा मिल्यो । थामी जातिबाट संगीत क्षेत्रमा यसरी लाग्ने निकै थोरै हुनुहुन्छ । जसमध्ये म पनि एक जना हुँ । मैले आफ्नो जातिको भाषा, संस्कृति र संगीतको लागि पनि केही गर्नुपर्छ भन्ने मनमा लागेको छ । मातृभाषाका गीतहरुपनि गाएको छु । चाँडै नै अर्को नेपाली भाषा र मातृभाषाको एल्बम ल्याउने तयारीमा छु । साथीहरुसँग मिलेर ‘कलेक्सन’ एल्बममा पनि गरिराखेको छु । भरत लामा किन ओझेलमा ? संगीत क्षेत्रमा मैले जीवनभर सम्झनुपर्ने धेरै जना हुनुहुन्छ । त्यसमध्ये म भरत लामा सरलाई कहिल्यै भुल्न सक्दिन । म उहाँलाई अत्यन्तै सम्मान गर्छु । मेरो संगीत यात्रामा उहाँका एक एक पसिनाका बुँदहरु छन् जस्तो लाग्छ । उहाँले म माथि गर्नु भएको लगानीको रिनी छु जस्तो लाग्छ । उहासँग लामो समयसम्म सहकार्य भयो । उहाँबाट नै मैले संगीतको विषयमा धेरै कुरा सिक्ने अवसर पाएँ । तर दुखको कुरा उहाँ जस्तो संगीत साधक आज ओझेलमा हुनुहुन्छ । संगीत मानिसका लागि अक्सिजन जस्तै मेरो अनुभुतिमा संगीत मानिसको लागि अक्सिजन हो जस्तो लाग्छ । मानिसको जीवनमा संगीत भएन भने सायद मान्छेहरु धेरै नकारात्मक हुन्छन् होला । घडीले समय मात्रै भन्छ भने संगीतले समयसँगै धुन पनि दिन्छ। संगितमा पनि ताल र समय भनेको महत्वपूर्ण कुरा हुन्छ। संगीत त ‘मेडिटेसन’ पनि हो । मान्छेहरु संगीतको तालमा चल्न सकेको भए हामी धेरै अघि हुन्थ्यौं होला । मलाई लाग्छ हरेक काम र क्रियाकलाप समय भित्रै गर्नुपर्छ । प्रस्तुतिः राजु स्याङ्तान   https://www.youtube.com/watch?v=OC3vkeY7vco
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy