Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

नेबिसंघका महामन्त्रीका उम्मेदवार भन्छन्– कांग्रेस अझै लोकतान्त्रिक हुन सकेन

\"himal हाम्रो पार्टी नेपाली कांग्रेस अझै पनि लोकतन्त्रिक हुन सकेको छैन । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि नेताहरुको रबैयाका कारण कांग्रेस अझै पनि सम्पूर्ण रुपमा लोकतान्त्रिक हुन सकेको छैन । नेताहरुले देखाएको चरित्रका कारण पनि नेविसंघ लगायतका अन्य भातृ संगठनमा समस्या देखिएको छ । पार्टीमा भएको गुटबन्दीको असर अन्य संगठनमा पनि हुने गरेको छ । पार्टी तथा अन्य संगठनहरुमा यस्ता खालका गुटबन्दीहरु स्थायी रुपमा रहनु हुँदैन । अहिलेको अधिवेशनमा जुनसुकै समूह तथा गुटबाट निर्वाचित भए पनि महाधिवेशनपछि संगठनमा कुनै पनि गुट रहनु हुँदैन भन्नेमा हाम्रो मत रहेको छ । निर्वाचित भइसकेपछि मेरो गुट भन्ने हटाएर सबैको हो भन्ने मानसिकता बन्नुपर्दछ । नेबिसंघको महाधिवेशन लामो समयदेखि हुन नसकेका कारणले पनि संगठनमा अलि बढी बेथिति मौलाएको हो । पार्टी विभाजन भइ एकता भएपछि नै महाधिवेशन हुन नसकेका कारण पनि गुटबन्दी अलि बढी नै भएको देखिन्छ । लामो समयदेखि महाधिवेशन नभएका कारण आफ्नो अस्तित्वका लागि गुटबन्दीहरु कायम रहेका छन् । कलेजदेखि नै यस्ता खालका समस्याहरु देखिएका छन् । प्रतिनिधि छनोटमा देखिएको समस्याकै कारण महाधिवेशनमा मतदाता नामावली प्रकाशन हुन सकेन । संगठनको विभिन्न गुटको भागबण्डा गरी प्रतिशतका आधारमा प्रतिनिधि चयन गर्ने काम भएपछि हामीले त्यसको विरोध गरेका थियौं । मनोगत ढंगबाट विद्यार्थीहरुको नाम दिइएपछि त्यसविरुद्ध हामीले सशक्त ढंगले आवाज उठाएका हौ । त्यसबारेमा पार्टीमा पनि गम्भीर ढंगले छलफल भइरहेको छ । खासगरी मैले वान मेन वान पोष्ट हुनुपर्छ भन्नेमा नै जोड दिँदै आएको छु । महाधिवेशन लगत्तै संगठनभित्रका सबै प्रकारका गुटबन्दीहरु अन्त्य हुनुपर्दछ । स्थायी रुपमा त्यस्तो खालको कुनै पनि समूह बन्नु हुँदैन । मैले नेविसंघको ११ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएको छु । २०५३ सालदेखि नै मैले नेपाल विद्यार्थी संघमा संगठित भइ स्ववियू सदस्यदेखि उपसभापति, सभापति, तथा संगठनको इकाइ सभापति, जिल्ला सभापति, केन्द्रीय सदस्य हुँदै निर्वाचित केन्द्रीय सदस्य भइ काम गर्ने अवसर पाएको छु । अझै पनि अवसर पाएमा विद्यार्थीहरुको हकहितमा काम गर्ने प्रतिवद्धताका साथ महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छु । त्यसैले विद्यार्थी प्रतिनिधि साथीहरुले कामको मूल्यांकन गर्दै अझै पनि सक्रिय रुपमा काम गर्ने स्थानमा जिम्मेवारी दिनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।

(कुराकानीमा आधारित)

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending