काठमाडौँ, २८ साउन । विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै काठमाडौँ आइपुगेका नेपाल विद्यार्थी सङ्घका प्रतिनिधिले विधिसम्वत् महाधिवेशन हुनुपर्ने माग गरेका छन् ।
नेवि सङ्घको ११ औँ महाधिवेशनमा सहभागी हुन आएका विद्यार्थीले रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलनको आयोजना गरी पार्टी नेतृत्व आफैँले नेवि सङ्घको नेतृत्व छान्ने षड्यन्त्र गरिरहेकाले आफ्नो नेता आफैँले छान्न पाउनुपर्ने माग गरे ।
अध्यक्षका प्रत्याशी आनन्दराज त्रिपाठीले नेवि सङ्घमा निर्वाचित प्रतिनिधि आउन नदिने षड्यन्त्र भइरहेको आरोप लगाउँदै महाधिवेशन प्रक्रिया विधिवत् रुपमा गरिनुपर्ने बताए ।
प्रदेश नं ३ का उपाध्यक्षका प्रत्याशी राकेश श्रेष्ठले विगत १० वर्षदेखि महाधिवेशन हुन नसकेको सन्दर्भमा अहिले हुन लागेको महाधिवेशनबाट समेत टिके नेतृत्व छान्न लागेकाले आफूहरुले त्यसो हुन नदिने बताए ।
यसैगरी, प्रदेश नं ५ का उपाध्यक्षका प्रत्याशी धर्मराज खनालले पार्टी कार्यालयमा बसी आमरण अनशन गरेकै भरमा प्रतिनिधि भागबन्डा लगाउने काम भइरहेकाले विभिन्न जिल्लाका प्रतिनिधिले यस कुराको विरोध गर्दै विधिवत् महाधिवेशन गर्न दबाब दिनुपर्नेमा जोड दिए ।
बैतडीका नेवि सङ्घ अध्यक्ष चक्र चन्दले प्रतिनिधिका रुपमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिलाई पिउने पानी, बस्ने, खाने सुविधासमेत नदिएर अमानवीय व्यवहार गरेको बताए ।
यही २० गते उद्घाटन भएको नेवि सङ्घका महाधिवेशन प्रतिनिधि विवादका कारण अझै निर्वाचन हुने नहुने अन्योल नै रहेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: