Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

नेदरल्याण्डसँग नेपालको लज्जाजनक हार

\"nepal-sarad काठमाडौं, २९ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत शनिवार नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले लज्जाजनक हार ब्यहोरेको छ । नेदरल्याण्डसँगको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । लिग ब्याम्पियसिपमा नेदरल्याण्ड अपराजित रहँदै आएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर १ बलमा आलआउट हुँदै मात्र ९४ रन मात्र जोडेको थियो । नेपालका कप्तान पारस खड्का सून्य रनमै आउट भएपछि नेपाली टोली धरमराएको हो । पारसपछि उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल पनि सम्हालिएर खेल्न सकेनन् । उनले १२ बलमा मात्र ११ रन बनाएर पेभेलिएन फर्किए । यस्तै, नेपालका लागि अनिल मण्डल ३९ बलमा २० रन बनाएर आउट भए भने सागर पुन ७ रन र राजु रिजाल ३ रन बनाएर आउट भए । विनोद भण्डारी १९ बलमा ९ रन बनाएर आउट भए । शरद भेषवाकरले ७१ बलमा मात्र १४ रन जोडे । यस्तै सोमपाल कामी २८ बलमा १२ रन, सन्दिप लामिछाने १ रन जोडेका थिए । नेदरल्याण्डस्का मिचेल रिप्पोन, भ्यान डर गगटेनले ३– ३ विकेट लिए तथा भ्यान डर मर्वीले २, मुदासार बुखारी र भ्यान मिकिरेनले १ – १ विकेट लिएका थिए । नेपालले दिएको ९५ रनको झिनो लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १६ ओभर ५ बलमै मात्र ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेदरल्याण्ड्सका स्टेफेन माईब्रगले ३३ र वेस्ले वारेसीले ३७ रन बनाए । नेपालका करण केसी, बसन्त रेग्मी र सागर पुनले एक एक विकेट लिएका थिए । प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । अहिलेसम्म खेलेका ६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ । ६ खेलमा चार खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ । यसअघि भएका पहिला चार खेलमा नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भएको थियो भने काठमाडौंमा भएको नामिबियासँगको खेलमा नेपालले जित हात पारेको थियो । नेपालले नेदरल्याण्ड्ससँग नै दोस्रो खेल सोमबार सोही मैदानमा खेल्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending