Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

भारतमा ७० औ स्वतन्त्रता दिवसको रौनक

\"independenceनयाँ दिल्ली, ३१ साउन । भारतले सोमबार ७० औँ स्वतन्त्रता दिवस मनाउँदै छ । उसले विशेष समारोहको आयोजना गरी सोमबार सो दिवस मनाइरहेको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

सो दिवसका लागि मध्यनजर गर्दै भारतभर विशेष सुरक्षा व्यवस्था कायम गरिएको छ । विशेषगरी भारत प्रशासित काश्मिर र पाकिस्तान प्रशासित काश्मिरतर्फ सुरक्षा सतर्कता बढाइएको हो ।

स्वतन्त्रता दिवसलाई मध्यनजर गरी सो सुरक्षाको प्रबन्ध मिलाइएको राजधानी नयाँ दिल्लीबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । भारतमा आफ्नो साम्राज्यवाद कायम राखेको बेलायत सन् १९४७ को अगष्ट १५ मा भारतबाट भागेको थियो । यसै दिनको स्मरण गरी भारतमा स्वतन्त्रता दिवस मनाउने गरिन्छ । हरेक वर्ष अगष्ट १५ मा पर्ने यस दिवस सोमबारको ७० औँ हो । सो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा दिनुभएको स्वतन्त्रता भाषणमा छिमेकी पाकिस्तानको तिखो आलोचना गरेका छन् । उनले पाकिस्तानले आतङ्ककारीहरुलाई प्रश्रय दिने गरेको आरोप लगाए । उनले भने– आतङ्कवादीहरुले भारतमाथि आक्रमण गरिरहेका छन् तर तिनैको गुणगान पाकिस्तानले गाइरहेको छ । हामीमाथि आक्रमण गर्नेलाई पाकिस्तानले जय जयकार गर्नेगर्छ तर पनि पाकिस्तानमा गत वर्ष भएको तालिवानको आक्रमणबाट कम्तीमा पनि १३० जना बालबालिका मारिएको घटनामा भने हामीले आतङ्कवादीहरुको कडा भन्दा कडा विरोध गरेका थियौँ– प्रधानमन्त्री मोदीले भने । साथै प्रधानमन्त्री मोदीले पाकिस्तानको बलुचिस्तान र पाकिस्तान प्रशासित काश्मिर क्षेत्रमा मानवअधिकार हनन गरेको आरोप पनि लगाए । उनले भने– त्यस क्षेत्रका नागरिकले हामीलाई राम्रो मानेका छन् किनभने हामीले उनीहरुका समस्याको बारेमा विचार विमर्श गर्ने गरेका छौँ । काश्मिरमा बन्दुक हमला, १० सुरक्षाकर्मी घाइते उता यसै दिन पारेर काश्मिरमा हिंसा भड्किएको पनि बताइएको छ । भारत प्रशासित काश्मिरमा हतियारधारीले गोली हानी दश जनालाई गम्भीर रुपमा घाइते बनाएका छन् । काश्मिरमा प्रहरीले कफ्र्यू आदेश जारी गरेको छ । सो कफ्र्यू उल्लङ्घन गर्न खोज्नेलाई कारबाही गर्ने क्रममा अज्ञात बन्दुकधारीले अकस्मात सुरक्षाकर्मीमाथि नै गोली प्रहार गरेका थिए । सो गोली लागेर भारतीय अर्धसैन्य बलका दश जना सदस्य नराम्ररी घाइते भएका समाचारमा जनाइएको छ । सो क्षेत्रमा सोमबार बिहानैदेखि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । त्यस क्षेत्रमा कडा सुरक्षा व्यवस्था राखिएको प्राप्त समाचारमा जनाइएको छ । रासस÷सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending