Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

नेपाली सेनामा ६ अर्बको दुरुपयोग !

काठमाडौं, नेपाली सेनाका प्रधानसेनापति र जर्नेलहरुको लागि लुटको स्वर्ग मानिएको सैनिक कल्याणकारी कोषको अर्बौ रुपैयाँ रकम विकास निर्माणका नाममा व्यापक भ्रष्टाचार गर्ने प्रचलन पुरानै हो । साँघु साप्ताहिकमा खबर छ–तीन वर्ष अघि छत्रमान गुरुङ अवकास हुने बेला हतारहतार निर्माण गरिएको सैनिक भेट्रान होममा जुन शैली र तरिकाले निर्माणमा भ्रष्टाचार गर्ने काम गरिएको थियो अहिले पनि त्यही शैली अपनाएर नेपाली सेना भेट्रान तथा सिभिल अस्पताल निर्माण गर्ने काम भइरहेको समाचार आर्मी हेडक्वाटर स्रोतबाट थाहा भएको छ । नेपाली सेनाको विकास निर्माण विभागले २०७१ भदौ असोजदेखि नै सो अस्पतालका लागि विभिन्न निर्माण सामग्री खरिद गर्न आव्हान गरेको टेण्डर पटकपटक रद्द गरेर अहिले आफ्ना निकटका व्यक्तिहरुको फर्मसँग मिलेमतो गरेर टेण्डर हाल्न लगाई निर्माण सामग्री खरिद र निर्माणमा व्यापक भ्रष्टाचार गर्ने कार्य भइरहेको थाहा भएको छ । निर्माण र मेडिकल इक्यिुपमेन्ट गरी रु. ६ अर्बको बजेट रहेको काठमाडौं न्यूरोड गेटस्थित महांकाल अगाडि १४ रोपनी जग्गामा रहेको ‘त्रिभुवन आर्मी अस्पताल’ मासेर निर्माण भइरहेको नेपाली सेना भेट्रान तथा सिभिल अस्पतालमा अहिले दैनिक डेढ करोडसम्म खर्च गरेर हतारमा अस्पतालमा केही ब्लकको काम फत्ते गर्न रातदिन काम गरिएको छ ।
विदेशमा रगत पसिना चुहाएर सकल दर्जाका सैनिकले जम्मा गरेको कल्याणकारी कोषको रकम जसले जेजति खर्च गरेता पनि सही तथ्य हिसाबकिताब सरकारको कुनै पनि निकायले खोजीनीति गर्न सक्दैन
२०७२ साउन २४ गते प्रधान सेनापति गौरवशम्शेर राणा एक महिने बिदामा बस्ने र भदौ २४ गतेबाट अवकाश हुने भएकोले गौरवकै हातबाट २०७१ साउनमै उद्घाटन गरेर कल्याणकारी कोषको ६ अर्ब रुपैयाँ स्वाहा पार्ने काम भइरहेको छ । साढे दुई अर्ब रुपैयाँ खर्च गर्दा ५ विकास क्षेत्रमा नेपाली पाँचवटा भनेजस्तो सुविधासम्पन्न अस्पताल बन्ने सेनाकै विज्ञ र बुद्धिजीवीले बताउँदै आएका छन् । विदेशमा रगत पसिना चुहाएर सकल दर्जाका सैनिकले जम्मा गरेको कल्याणकारी कोषको रकम जसले जेजति खर्च गरेता पनि सही तथ्य हिसाबकिताब सरकारको कुनै पनि निकायले खोजीनीति गर्न सक्दैन । प्रधानसेनापपित राणालाई खुशी पारेर प्रशिद्ध पाण्डे, बद्रिकुमार श्रेष्ठ, बद्नाम व्यापारी सुनिल मास्केसहितले अस्पताल निर्माणमा लुट मच्चाएको सैनिक हेडक्वाटर स्रोत बताउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending