Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

महिलाहरुकै साढे चार करोड ठगेर महिला फरार

\"पर्बत-750\" पर्वत, ७ भदौ । पर्वतको कुस्मा घर भएकी महिलाले बुटवल पुगेर साढे ४ चार करोड रुपैयाभन्दा बढी ठगी गरेर फरार भएकी छन् । कुस्मा नगरपालिका–१० साझाचोक घर भएकी जमुना कुँवरले बुटवलमा पुगेर ४ करोड र ६० तोला भन्दा बढी सुनका गरगहना ठगी फरार भएकी हुन् । कुँवरले बिभिन्न बहानामा बुटवल मिलनचोक वरपरका महिलाहरुबाट नगद र गहनासहित साउन २२ गतेदेखि फरार भएको पीडितले बताएका छन् । कुँवरले श्रीमानलाई रोजगारीका लागि बिदेश पठाउन विमानस्थल जान्छु भनेर हिँडेपछि सम्पर्कबिहीन भएको पीडित प्रेमा श्रेष्ठले बताइन् । ‘आमालाई ब्लड क्यान्सर भएको छ, उपचारका लागि दिल्ली लैजानुपर्छ भनेर मसँग पैसा मागेकी हुन्’ कुँवरको खोजी गरिरहेकी श्रेष्ठले भनिन –‘नगद ठगेर भाग्ने योजना रहेछ, हामीले बिश्वास गर्दा धोका पायौँ ।’ बुटवल मिलनचोकमा चार वर्ष पहिलेदेखि बस्न थालेकी कुँवरले त्यस क्षेत्रमा महिलाहरुको मन जितेको र विश्वासमा परेर सबैले रकम दिएको बताएका छन् । एक जनाको ५० लाखसम्म ठगी गरेको पीडितले बताएका छन् । कतिपयसँग तमसुक गरेर रकम लिएको र कतिपयलाई नगद फिर्ता दिन चेकसमेत दिएर फरार भएको पीडितहरुले बताए । पीडितहरुले अपराध अनुसन्धान महाशाखा हनुमानढोकामा उजुरीसमेत दिएको श्रेष्ठले बताए । कुँवरले नेपाल टेलिकम पर्वतमा दुईवर्ष जति कार्यालय सहयोगीको रुपमा समेत काम गरेकी थिइन् । कुस्माबजारमा समेत विभिन्न ठगी गरेको आरोपमा महिलाहरु कारबाहीमा पर्न थालेपछि रातरात भागेर उनी बुटवल पुगेकी थिइन् । पर्वतको कुस्मामा १० लाखभन्दा बढी ठगी गरेपछि उनी फरार भएकी थिइन् । पर्वतको धाइरिङ्ग गाविस–९ मा माइती भएकी कुवँर कुस्माबजारमा एसएलसी परीक्षा दिन आएको बेला स्थानीय विनोद कुँवरसँग प्रेम विवाह गरेकी थिइन् । उनका दुई छोरीसमेत छन् । पर्वतको कुस्माबजारमा एक वर्ष पहिले पनि कमला लामा वाईवा नाम गरेकी एक महिलाले ३ करोडभन्दा बढी ठगी गरेर भागेकी थिइन् । ढिकुटी, सापटी र ऋणसमेत गरी रकम उठाएकी उनी हालसम्म फरार छन् । स्थानीय रुपमा घर बनाउने ठेकेदारको रुपमा काम गर्ने श्रीमान् र श्रीमती दुबै फरार भएपछि सर्वसाधारणको बिचल्ली भएको छ । पीडितहरुले उजुरी दिएपनि अहिलेसम्म अभियुक्तलाई प्रहरीले पक्रन सकेको छैन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy