Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

कोरला नाका पुनः सञ्चालन

\"koralaम्याग्दी, ७ भदौ । चीनसँगको कोरला नाका पुनःसञ्चालन भएको छ । चीन र नेपालबीच सञ्चालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला शनिबारदेखि पुनः सुरु गरिएको हो । मेला सुरु भएसँगै केही दिनका लागि कोरला नाका पनि खुलेको छ । उपल्लो मुस्ताङका स्थानीय व्यापारी र चीनको तिब्बत्का व्यापारीबीच वर्षको दुई पटक कोरला नाका खुलाइ व्यापार मेला सञ्चालन गर्ने परम्पराअनुसार मेला सुरु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । वर्षमा दुईपटक आलोपालो गरी चीन र नेपालको भूमिमा व्यापार मेला सञ्चालन गर्ने सहमति भए तापनि यसवर्ष दुई पटक नै चीनको भूमिमा मेला सञ्चालन भएको छ । यस वर्षको गत असार महिनाको १ गतेदेखि २५ गतेसम्मका लागि सञ्चालन भएको व्यापार मेला चीनले सुरक्षा चुनौती देखाउँदै पूर्वनिर्धारित समयभन्दा १० दिनअघि नै बन्द गरेको थियो । अहिले कोरला नाकादेखि करिब १० किलोमिटरभित्र चीनको ढोङवासेन जिल्लाको ढोकोमोलोमा व्यापार मेला सञ्चालन भइरहेको लोमान्थाङका गाविस सचिव घ्यूर्मी आङग्याल विष्टले जानकारी दिए । हिउँद याममा हिउँकै कारण स्थानीयवासीलाई हिँडडुलमा समस्या हुने हुँदा अहिले नै नाका खोली व्यापार मेला सञ्चालन गरिएको विष्टको भनाइ छ । वर्षको दुईपटक हुने व्यापार मेलामा दुई देशका व्यापारीले आफूलाई चाहिने एक वर्षका लागि मालसामान खरिदबिक्री गरेर राख्ने गरेका छन् । बर्सेर्नि असार र भदौमा दुई देशबीच व्यापार मेला हुँदै आएको छ । व्यापार मेलामा स्थानीय व्यापारीले दैनिक उपभोग्य वस्तु, बियर, रक्सी, जुस, लत्ताकपडा, काठ, सिमेन्ट, छड, जस्तापाता, सोलार, विद्युतीय सामान लगायतका वस्तु आयात र खाद्य सामाग्री, चामल, मैदा, उवाँ, केराउ, सुकुटी, चाउचाउ, पस्मिना ९ऊन० लगायत स्थानीय उत्पादन निर्यात गर्ने गरेका छन् । व्यापार मेलामा चीनसँगको कोरला नाका खुलाई चिनियाँ र नेपाली निर्वाधरुपमा आवतजावत गर्छन् । मेला आगामी दुई हप्तासम्म सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies