Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

मधेसी मोर्चा पनि सरकारमा जाने

\"meeting काठमाडौं, ७ भदौ । संविधान जारी हुनुअघिदेखि आन्दोलनमा रहेको मधेसी मार्चा पनि सरकारमा सहभागी हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मत दिएर प्रधानमन्त्रीमा जिताएको मधेसी मोर्चाले यसअघि सरकारमा नजाने बताउँदै आएको थियो । मधेसी मोर्चाको मागलाई सम्बोधन गर्ने कांग्रेस–माओवादी गठबन्धनले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने भएपछि मोर्चा पनि सरकारमा जाने निश्चित भएको हो । आगामी भदौ ३० गते प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भएकाले त्यसअघि नै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने र मोर्चा पनि सरकारमा सहभागी हुने सहमति भएको मोर्चा संघीय समाजवादी फोरमका एक केन्द्रीय सदस्यले बताए । ‘राजनीतिक गरेपछि सरकारमै नजाने भन्ने कुरा छैन,’ ती केन्द्रीय सदस्यले भने, ‘सहमति नजिक पुगेको छ, छिट्टै नै मोर्चा सरकारमा सहभागी हुन्छ ।’ मधेसी मोर्चासँग भएको सत्तागठबन्धन कांग्रेस–माओवादीले गरेको तीन बुँदे सहमति कार्यान्वयन प्रक्रिया अघि बढेको र संविधान संशोधनको दोस्रो विधेयक संसदमा दर्ता भए लगत्तै मोर्चा सरकारमा जाने सहमति भएको छ । प्रधानमन्त्री प्रचण्डले पछिल्लो पटक संविधान संशोधन तथा सरकार गठनका विषयमा मोर्चाका नेता तथा तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेको माओवादी स्रोतले बताएको छ । मोर्चासँगको सहमतिबिना स्थानीय निकायको निर्वाचनसमेत कठिन हुने भन्दै वर्तमान सत्तागठबन्धन दलहरुले मोर्चासँगको सहमतिका लागि जोड दिँदै आएका थिए । मोर्चासँग भएको तीन बुँदे सहमति कार्यान्वयन प्रक्रियामा अघि बढेको तथा मधेस आन्दोलनका क्रममा सहिद परिवार तथा घाइतेहरुलाई राहत दिने सरकारको निर्णय सकारात्मक भएको मोर्चाका नेताहरुले बताएका छन् । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न मोर्चाको शीर्ष नेताहरुबीच बुधबार छलफल हुने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending