Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

बर्मन बुढा बालुवाटारमै पुगेर प्रचण्डलाई भने– गाउँपालिकाको केन्द्र थवाङलाई बनाउनुस्

\"Prachanda-with-Barman-Budha\" काठमाडौं, ११ भदौ । माओवादी जनयुद्धको उद्गम थलो मानिएको रोल्पाको थवाङ्का बामपन्थी अग्रज बर्मन बुढाले प्रधानमन्त्री निवास बालुवाटार नै पुगेर गाउँपालिकाको केन्द्र थवाङ बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन् । शनिबार साँझ प्रधानमन्त्री निवासमा भएको भेटमा बामपन्थी अग्रज बुढाले थवाङलाई गाउँपालिकाको केन्द्र बनाउन माग गरेका हुन् । स्थानीय तह पूनर्संरचना आयोगले मगर बाहूल्य बस्तीलाई अलग–अलग गाउँपालिका प्रस्ताव गरेको भन्दै रोल्पाका थवाङ, जेलवाङ, कुरेली, मिरुल, उवा र शेरम गाविस मिलाएर एउटै गाउँपालिका बनाउन र त्यसको केन्द्र थवाङलाई बनाउन माग गरे । ‘जनयुद्धको बेला अजम्बरी गाउँ थवाङ जनसत्ताको केन्द्र थियो, अहिले हामीले गाउँपालिकाको केन्द्र मात्रै मागेका छौं’, बुढाले भने, ‘प्रधानमन्त्रीले थवाङ, जेलवाङ, कुरेली, मिरुल, उवा र शेरम मिलाएर एउटै गाउँपालिका बनाएर त्यसको केन्द्र थवाङलाई बनाउनु हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’ बर्मन बुढासहित आएको १५ जनाको प्रतिनिधि मण्डलले एउटै भाषा, संस्कृति, मनोभावना, साझा आर्थिक निर्भरता, आर्थिक स्रोत उपलब्धता, प्रशासनिक सुगमता जस्ता अनुकूलताका कारण ६ गाबिसलाई एउटै गाउँपालिका बनाउन प्रधानमन्त्रीलाई अनुरोध गरेको थियो । प्रतिनिधि मण्डलले जनयुद्धको अजम्बरी गाउँ थवाङलाई थप परिचित बनाउन, पहिचानको रक्षा गर्न र प्रशासनिक सुगमताका लागि पनि थवाङ नयाँ गाउँपालिकाको केन्द्र बन्नुपर्नेमा जोड दिएको थियो । भेटमा प्रधानमन्त्रीले बर्मन बुढासँगको भेट आफ्ना लागि उर्जा भएको भन्दै चुनौतिलाई अवसरमा बदल्ने संकल्पसहित दोस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताए । ‘स्थानीय तह पूनर्संरचना समितिले आफ्नो काम गरिरहेको छ । यसको कार्यादेश कस्तो हुने भन्ने अन्तिम टुंगो लागेको छैन । दलहरुसँग छलफल गरेर हामी निष्कर्षमा पुग्छौं’, वर्मन बुढाको नेतृत्वमा गएको टोलीलाई आश्वस्त पार्दै प्रचण्डले भने, ‘थवाङलाई नयाँ गाउँपालिकाको केन्द्र बनाउन मेरो पुरै सहमति छ । त्यसका लागि आवश्यक पहल गर्नेछु ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending