Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

प्रचण्डले भने, –‘फास्टट्रयाक भारतीय कम्पनीलाई दिइदैन’ अरु केके भने ?

\"prachanda_shirsha\"काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पूस्पकमल दाहाल प्रचण्डले फास्टट्रयाक निर्माणको जिम्मा भारतीय निर्माण कम्पिनिलाई नदिने बताएका छन् । यसअघिपनि उनले नेपाल आफैले निर्माण गर्ने बताइसकेका थिए । प्रचण्डले फास्टट्रयाक निर्माण नेपाली आफैले गर्ने बताइरहँदा समेत बेलाबेलामा भारतीय कम्पनिलाई दिन खोजेको भन्दै आशंका व्यक्त गरिँदै आएको थियो । शनिबार राति नेपाल टेलिभिजनका पत्रकार बबिन शर्मासँग ‘प्रधानमन्त्रीसँग सिधा कुरा’मा कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् । अरु केके भने हर्नुहोस् प्रधानमन्त्रीसँग सिधा कुरा– के भने प्रचण्डले ? नेपाल टेलिभिजनको नियमित कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’को भदौ ११ गतको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्वार्ताका क्रममा व्यक्त गर्नुभएको भनाईको सम्पादित बुंदाहरु यस प्रकार रहेका छन्–स्वकीय सचिवालय । सरकार बिस्तारबारेः सरकार गठनमा केही ढिला भयो, यो कुरा साँचो हो । तर, मैले गठबन्धन संस्कृतिलाई प्रोत्साहित गरेर मात्र सहमतीय राजनीतिमा अगाडि बढ्न सकिन्छ भन्ने मान्यता राख्दै आएको छु । गठबन्धन संस्कृतिलाई ध्यान दिएर नै सहयात्री दलहरुसँगको विश्वासको वातावरण बनाउन केही समय कुरेका हौं । अब सरकार रफ्तारमा अगाडि बढ्छ । शान्ति प्रक्रियाबारेः अन्य देशको तुलनामा नेपालको शान्ति प्रक्रिया अरुभन्दा छोटो अवधिको र मौलिक पनि छ । विश्वमा शान्ति प्रक्रियाका अधिकांश प्रयास असफल भएका छन् । सफल भएका देशहरुमा पनि २०÷२५ वर्ष लाग्ने गरेको छ । जहाँसम्म बेपत्ता खोजबिन र यथार्थ अवस्था सार्वजनिक गर्ने कुरा हो, यसमा केही बिलम्ब भएको छ । यति धेरै वर्ष लाग्नुपर्ने कुनै कारण थिएन । तर, दलीय सहमति, माओवादभित्रै एकरुप समझदारी र अन्तर्राष्टिय समुदायको चासोलाई पनि सकारात्मक रुपमा सम्बोधन गर्नुपर्ने कारण ढिलो हुन गयो । सरकारले यसबारे गहिरो समीक्षा गरेको छ । सत्य निरुपण र बेपत्ता छानविन आयोगले आफ्नो काम गरिरहेका छन्, छिटै हामी निष्कर्षमा पुग्छौं । सवारी दुर्घटनाबारेः सवारी दुर्घटनाका घटनाले निकै गम्भीर बनाएको छ । ठोस कदम नचाल्ने हो भने यो भयावह स्थिति रोक्न सकिन्न । यसका लागि सडकको स्तरोन्नति, सवारी साधानहरुको चुस्त अवस्था, यान्त्रिक अनुगमन, अघोषित रुपमा कायम रहेको सिण्डिकेटको अन्त्य र नीति, नियममा कडाई गर्न आवश्यक छ । यसबारे गम्भीर छलफल भएको छ । गुणात्मक सुधारका लागि छिटै कठोर कदम चालिनेछ । सूचना प्रविधिबारेः अहिले युग नै सूचना प्रविधिको युग हो । हामी सरकारी सेवालाई डिजिटल प्रणालीमा लाने गरी काम गरिरहेका छौं । विदेशमा रहेका नेपालीहरुको प्राविधिक ज्ञान नेपालका लागि निकै महत्वपूर्ण छ, यसलाई सदुपयोग गर्नेतिर हाम्रो ध्यान जान्छ । भारतलाई पठाइएको पत्रबारेः छिमेकी मित्रराष्ट्र भारतलाई सरकारले पठाएको पत्रबारे प्रतिपक्षी दलका साथीहरुको प्रचार सुन्दा दुःख लागेको छ । औपचारिक कुटनीतिक विषयबाहेक पत्रमा कुनै कुरा उल्लेख गरिएको छैन । नेपालको राष्ट्रिय हित र सार्वभौमिकताबारे सरकार दृढ र प्रष्ट छ । मैले राष्ट्र हित विपरितको पत्र लेख्ने कुरा कल्पनासम्म गर्न सक्दिनँ । दुई देशीय सम्बन्ध सुदृढ गर्ने र उच्चस्तरीय भ्रमणबाहेक पत्रमा कुनै कुरा लेखिएको छैन । यो आधारहिन प्रचार हो । यस्तो प्रचारबाट एकछिन भ्रम दिन त सकिएला । तर, प्रकारान्तरमा गलत प्रचार गर्ने साथीहरुकै विश्वासनियता घट्छ भन्ने म ठान्छु । चीन भ्रमणको समय तय भएको छैन । तर, भ्रमण हुन्छ । भ्रमणमा दुई छिमेकी बीचको कुटनीतिक सम्बन्धलाई बलियो बनाउने विषयमा कुरा हुन्छ । दुई छिमेकी बिशाल र तिब्र आर्थिक विकासको चरणमा छन् । यसबाट नेपालले फाइदा लिन सक्नुपर्छ । नेपालको बृहत्तर हित र विकासका लागि छिमेकीलाई पनि फराकिलो छाति बनाउन आग्रह गर्नेछौं । द्रुत मार्ग (फास्ट ट्रयाक) बारेः फास्ट ट्रयाक निर्माणको जिम्मा विदेशीलाई दिने कुराको कल्पनासम्म गर्न सकिँदैन । केपी ओलीजी प्रधानमन्त्री हुँदा नेपालले नै फास्ट ट्रयाक बनाउने भन्ने निर्णय मेरो समर्थन गरिएको हो, जतिबेला म उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक थिएँ । हिजोको निर्णयमा मैले कुनै परिवर्तन गरेको छैन । यो पनि आधारहिन प्रचार हो, यसमा कुनै सत्यता छैन । नेपालको राष्ट्रिय हित विपरित मेरो नेतृत्वको सरकारले कुनै काम गर्दैन । सन्धि, सम्झौताबारेः पहिलोपटक म प्रधानमन्त्री भएको बेला नै सन् १९५० लगायतका सन्धि सम्झौता पुनरावलोकन गर्ने कुरा उठाएको थिएँ । अहिले नेपाल र भारतबीच सन्धि सम्झौताबारे अध्ययन गर्न विज्ञहरुको टोली बनेको छ । यसले अध्ययन र समीक्षाको प्रक्रिया अगाडि बढेको छ । टोलीको सुझाव बमोजिम दुई देशबीच नयाँ समझदारीको कोशिस हुनेछ । प्रभावकारी जन सेवाबारेः सचिवहरुबाट निर्देशन भएबमोजिम कार्ययोजना आएको छ । त्यसलाई प्रधानमन्त्रीले फिर्ता पठायो भन्ने पनि साँचो होइन । तर, कार्ययोजना निकै ठूलो आकारको आएकाले संक्षिप्त र ठोस कार्ययोजनाका लागि निर्देशन गरिएको छ । संश्लेषित योजनाका साथ सरकार अगाडि बढ्छ । काठमाडौंमा थप तीन सेवा प्रदायक कार्यालय बिस्तार गरेर यातायात व्यवस्थालाई सहज बनाउने निर्णय गरिएको छ । छिटै ७५ जिल्लामा नै यातायात व्यवस्थामा सहजता ल्याउने काम हुन्छ । सेवाग्राहीले छिटो र गुणस्तरीय सेवा पाउन भन्नेमा सरकार सचेत छ । चाडपर्वका बेला उपयोग्य बस्तुहरुको अभाव नहोस् भनेर अनुगमनलाई प्रभावकारी बनाएका छौं । यस वर्ष चाड पर्वका बेला दैनिक उपभोग्य सामान र यातायात व्यवस्थामा समस्या आउन दिँदैन । यसको म आफैले प्रत्यक्ष अनुगमन गरिरहेको छु । संविधान कार्यान्वयनबारेः सरकार संविधान कार्यान्वयन गर्न पुरै प्रतिवद्ध छ । संविधान सभा हाम्रो बलिदानीको उपज हो । संविधानसभाबाट हाम्रै जोड बलमा संविधान बनेको छ । यसको कार्यान्वयन गर्नु पनि हाम्रै दायित्व हो । कतिपयले वर्तमान सरकार निर्वाचन चाहँदैन भन्ने भ्रम दिन खोजेका छन्, यो बिल्कूल गलत हो । वस्तुगत वातावरण निर्माण नगरी हल्ला गरेर मात्र निर्वाचन हुँदैन । निर्वाचनका लागि आवश्यक पर्ने कानून, राजनीतिक समझदारी र गृहकार्य गरेर निर्वाचनमा जानुको बिकल्प छैन । सिङ्गो देशलाई एकतावद्ध गरेर निर्वाचनमा जानुपर्छ । सरकार हरहालतमा निर्वाचन गर्ने पक्षमा छ । स्थानीय तहको पूनर्संरचना राजनीतिक समझदारीका आधारमा टुंगाउनुपर्छ । संविधानको मर्म, जनताको मनोकांक्षा र आन्दोलनकारी शक्तिका मागलाई समेत आधार बनाएर स्थानीय तहको संरचना बनाउनु राम्रो हुन्छ । हिजोका इलाकाहरुलाई आधार मानेर समझदारीको साझा बिन्दुमा पुग्न सकिन्छ । स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रबारे पनि नयाँ ढंगले समझदारीमा पुग्नुपर्छ । विदेशमा रहेका नेपालीबारेः विदेशमा रहेका नेपालीका समस्याबारे सरकार गम्भीर छ । उनीहरुका समस्या र पीडामा आवश्यक सम्बोधन गर्ने कोशिस गर्नेछु । सर्वप्रथम यसका लागि नीतिगत सुधार नै जरुरी हुन्छ । विदेशमा जाँदा लाग्ने खर्चमा कटौतीबारे सरकारले सोच्नेछ । यस दिशामा छिटै आवश्यक निर्णय लिनेछौं ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending