Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

धार्मिक वनको सीमा विवाद माकुरा समूहले मिलायो

\"sima भक्तपुर, १३ भदौ । भक्तपुरका तलेजुदेवी सामुदायिक वन र केदारनाथको शीर डोलेश्वर महादेव धार्मिक वनमा रहेको सीमानामा देखिएको विवाद साम्य भएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहयोेग र द्वन्द्व रुपान्तरण सहयोगी (माकुरा) समुहको आयोजनामा संचालन गरिएको छुट्टछुट्टै दिनमा बसेको संयुक्त बैठकमा तलेजुदेवी सामुदायिक वन र केदारनाथको शिर डोलेश्वर महादेव धार्मिक वनमा रहेको विवादमा सहमति भएको हो । नेपाल सरकारबाट हस्तान्तरण भएदेखि नै विवादित केदारनाथको शिर डोलेश्वर महादेव धार्मिक वन र वनको सीमा क्षेत्रमा रहेका जग्गाधनि, मोही र पाखुरी मोहीहरुबीच रहेको सीमाना विवाद बिगत एक वर्षदेखि प्राकृतिक स्रोत द्वन्द्व नेपालले प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण प्रकृयामा काम गदै आई रहेको धार्मिक वनका संयोजक विश्वराम थापाले बताए । नेपाल सरकारबाट हस्तान्तरण भएदेखि उक्त विबादमा काम गरिरहेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सिमाना विबादित सो स्थानमा द्वन्द्व रुपान्तरण सहयोगी ९माकुरा० समुह नामक समुह गठन गरेको थियो । धार्मिक वन र जग्गाधनि, मोही र पाखुरी मोहीको प्रतिनिधित्ब हुने गरि ९माकुरा० समुहको आयोजनामा दुबै पक्षविच पाँच बुदे सहमति पत्रमा हस्ताक्षर गराई एक कार्यान्वयन समिति गठन गरिएको माकुरा समुहका सदस्य धर्मराज बस्नेतले जानकारी दिए । केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका उपाध्यक्ष सूर्यबहादुर खाईतुको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति सूर्यबिनायक नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारी रहेका थिए । सूर्यबिनायक नगरपालिकाको तर्फबाट कार्यकारी अधिकृत यामलाल अधिकारी, केदारनाथको शीर डोलेश्वर महादेव धार्मिक वनको तर्फबाट संयोजक विश्वराम थापा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ भक्तपुरका अध्यक्ष रामेश्वर बोहोरा, जिल्ला वन कार्यालय भक्तपुरको तर्फबाट प्रतिनिधी रोशनी बुढाथोकी, जग्गाधनिको तर्फबाट पदमबहादुर पौडेल, मोहीको तर्फबाट बच्चुराम थापा र पाखुरी मोहीको तर्फबाट रामधारी भुजेल र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको तर्फबाट कोषाध्यक्ष निरुमाया थिङ्गको रोहवरमा सहमति पत्रमा हस्ताक्षर गरिएको थियो । यसैगरी नेपाल सरकारबाट हस्तान्तरण भएको वि।सं। २०५४ सालदेखि नै विवादित तलेजुदेवी सामुदायिक वन उपभोक्ता समूह र वनको सीमा क्षेत्रमा रहेका १६ जना जग्गाधनिहरु बिच रहेको सिमाना विवाद बिगत एक वर्ष देखि प्राकृतिक स्रोत द्वन्द्व नेपालले प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण प्रकृयामा काम गदै आई रहेको वन उपभोक्ता समूहका संयोजक लवराज थापाले बताए । नेपाल सरकारबाट हस्तान्तरण भएदेखि उक्त विबादमा काम गरिरहेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सिमाना विबादित सो स्थानमा द्वन्द्व रुपान्तरण सहयोगी (माकुरा) समुह नामक समुह गठन गरेको थियो । वन समूह र जग्गाधनिको प्रतिनिधित्ब हुने गरी माकुरा समुहको आयोजनामा दुबै पक्षवीच ६ बुदे सहमति पत्रमा हस्ताक्षर गराई एक कार्यान्वयन समिति गठन गरिएको माकुरा समुहका सदस्य रेखा थापाले जानकारी दिइन् । बन उपभोक्ता समूहका अध्यक्ष लवराज थापाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अथिति सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ भक्तपुरका अध्यक्ष रामेश्वर बोहोरा रहेका थिए । सुर्यबिनायक नगरपालिकाको तर्फबाट वडासचिव मोहन गिरी, बन उपभोक्ता समूहको तर्फबाट अध्यक्ष लवराज थापा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ भक्तपुरका अध्यक्ष रामेश्वर बोहोरा, जिल्ला वन कार्यालय भक्तपुरको तर्फबाट प्रतिनिधि जयराम न्यौपाने, जग्गाधनिको तर्फबाट रेखा थापा र रमा थापा तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको तर्फबाट बरिष्ठ कार्यक्रम अधिकृत दिपक भट्टको रोहवरमा सहमति पत्रमा हस्ताक्षर गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy