Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

चितवनमा पनि ५७ विद्युत ग्राहकको लाइन काटियो

चितवन, १४ भदौ । नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने ५७ जना ग्राहकको लाइन काटेको छ । \"transimission-line-electrity\"ऊर्जा मन्त्रालयले तीन महिनादेखि महसुल नबुझाएका ग्राहकको लाइन काट्न आदेश दिएसँगै उनीहरुको लाइन काटिएको हो । सरकारको आदेशअनुसार यस वितरण केन्द्रमा तीन महिनासम्म बक्यौता नतिर्ने र रु २५ हजारभन्दा बढी बक्यौता रहेका ४४९ जना ग्राहक रहेका छन् । उनीहरुबाट रु तीन करोड आठ लाख ७३६ बक्यौता उठ्न बाँकी रहेको छ, जसमा सडकबत्ती समावेश छैन । तीमध्ये आजसम्म ५७ जनाको लाइन काटिएको छ । उनीहरुबाट रु २२ लाख ३३ हजार ८१७ बक्यौता बाँकी रहेको वितरण केन्द्रका लेखा प्रमुख भगवान ढकालले जानकारी दिए । ढकालका अनुसार ४४९ ग्राहकमध्ये ३२३ ग्राहक घर बत्तीका रहेका छन् जसबाट रु एक करोड ५३ लाख ८८ हजार १३३ बक्यौता बाँकी रहेको छ । यस्तै, ४९ वटा उद्योग, २७ वटा व्यापारिक प्रतिष्ठान, १९ वटा सरकारी तथा गैरसरकारी, छवटा सिँचाइ, तीन वटा मन्दिर, ११ वटा ठूला उद्योग, रामपुर क्याम्पस, शान्ति अस्पताल, होटल, खानेपानी २÷२ वटा रहेको वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ४९ वटा उद्योगबाट रु ४४ लाख ९९ हजार ४६३, सत्ताइस व्यापारिक प्रतिष्ठानबाट रु २२ लाख २९ हजार ४८८, उन्नाइस सरकारी तथा गैरसरकारी संस्थाबाट रु १७ लाख ६४ हजार ९४१ बक्यौता रकम उठ्न बाँकी रहेको छ । यस्तै, छवटा सिँचाइबाट रु एक लाख ८० हजार ५३२, तीन वटा मन्दिरबाट रु एक लाख ३५ हजार २०४, पञ्चरत्न ह्याचरी उद्योगबाट रु १७ लाख ७१ हजार ९२३, अन्य ठूला १० उद्योगबाट रु १६ लाख ५१ हजार ६४४, रामपुर क्याम्पसको रु सात लाख ७७ हजार २३३, शान्ति अस्पतालको रु तीन लाख ९४ हजार ६६३, दुई वटा होटलको रु पाँच लाख ८२ हजार १८०, र दुईवटा खानेपानीको रु तीन लाख ७८ हजार ३०३ बक्यौता रहेको केन्द्रले जनाएको छ । कार्यालयका लेखा प्रमुख ढकालका अनुसार लाइन काटिएका ५७ ग्राहकमध्ये ३५ ग्राहकले विद्युत् महसुल बुझाएर पुनः जडान गरेका छन् । उनीहरुबाट रु २५ लाख ६० हजार ५७५ बक्यौता रकम उठेको उनले बताए । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरमा आव २०७२÷०७३ को असार मसान्तसम्म ६६ हजार ३६१ जना ग्राहक रहेका छन् । उनीहरुबाट गत आवको मसान्तसम्ममा रु २५ करोड २५ लाख ७८ हजार ३३४ बक्यौता उठ्न बाँकी रहेको छ । त्यसमध्ये सडक बत्तीको बक्यौता रकम मात्र रु १५ करोड ९५ लाख २३ हजार ६५२ उठ्न बाँकी छ । यस्तै, घर बत्तीको पनि बाँकि रु छ करोड २५ लाख ७३ हजार ५२५ रहेको पनि कार्यालयले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending