Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रचण्डसँग रोल्पालीको अपेक्षा : दिगो शान्ति र स्थिरता

रोल्पा,१४ भदौ । सशस्त्र द्वन्द्वकालमा भारतको गुजरातस्थित एक पाइप उद्योगमा काम गरेका गजुल गाविस पानीपोखराका गणेशबहादुर थापा अहिले गृह जिल्लामा फर्केका छन् । मिझिङस्थित चन्द्रप्रभा माविमा पियनको कामसहित नजिकै एक चियापसल समेत खोलेका कक्षा आठसम्म पढेका थापाले आफ्ना ८ वर्षीय छोरा करन थापालाई चाँही भविष्यमा राम्रो काम पाओस् भनेर निजी विद्यालयमा पढाएका छन् । पढाइ राम्रो नभए भविष्य बन्दैन भन्ने बोधका साथ छोरालाई निजी विद्यालयमा पढाएको तर अहिले सरकारी विद्यालय पनि राम्रो हुन थालेकाले निजीमा नगएको भए पनि हुन्थ्यो भन्ने सोचाइ थापामा आएको छ । मध्य पश्चिमको पहाडी जिल्ला रोल्पामा पछिल्ला समयमा सामुदायिक विद्यालयमा पनि राम्रो पढाइ हुन थालेको आभाष मिल्नु र विगतमा विदेशमा कामदार रहेका स्वदेश फकर्नुले यहाँ दिगो शान्ति स्थापना भएको छनक मिल्छ । शिक्षा, सडक यातायात, बिजुली, कृषि उत्पादन, बजार र अन्य सामाजिक अवस्थामा सुधारले प्राकृतिकरुपमा बिकट जिल्लाका बासिन्दा भविष्यका दिन विगत जस्तो कठिन नहुने अपेक्षा गर्दछन् । त्यसमा पनि सशस्त्र द्वन्द्वको आधारभूमि मानिने जिल्लामा लामो समय भूमिगत बसेका र २०६४ को संविधानसभा निर्वाचनमा क्षेत्र नं २ बाट जितेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० प्रधानमन्त्री भएकाले शान्ति र विकासमा जिल्लावासीको अपेक्षा बढ्नु स्वभाविक छ । थापा भन्छन्, “प्रचण्डलाई यहाँको कुना कुना थाहा छ, तर यता नआउनुभएको धेरै भयो आजकल, हेरौँ थप विकास हुन्छ कि ?” पछिल्लो पटक दाहाल २०७१ कात्तिक २५ मा शान्ति प्राप्त गर्न भन्दै रोल्पा आउएका थिए । राँसीमा आयोजित कार्यक्रममा उनले भने, ‘जनताले चाहेजस्तो संविधान निर्माण गर्न आफूलाई रोल्पाली जनताको साथ चाहिएको छ,’ भनेको यहाँका बासिन्दाका लागि ताजै छ । दाहाल प्रधानमन्त्री मात्र होइन जिल्लावासी नेता नन्दबहादुर पुन उपराष्ट्रपति, ओनसरी घर्ती सभामुख, कृष्णबहादुर महरा उपप्रधानमन्त्री र अर्थमन्त्री, गोकुल घर्ती नेकपा ९एमाले० का सचेतक समेत भएको अवस्थामा जिल्लावासीले केही अपेक्षा गर्नु अन्यथा होइन । अहिले स्थानीय निकायको पुनःसंरचना आयोगले स्थानीय तहको पुनःसंरचनाको प्रस्ताव गरेसँगै अहिले जिल्लामा नगरपालिका, गाउँपालिकाको सङ्ख्या, सिमाना, गाउँ केन्द्रको स्थान आदिका बारेमा तीव्र बहस चलिरहेको छ । त्यो बहस सिंहदरबारमा पनि पुगिसकेको छ । माओवादीका जिल्ला नेता बर्मन बूढाको नेतृत्वको टोलीले प्रधानमन्त्री दाहाललाई हालै भेटी रोल्पाका थवाङ, जेलवाङ, कुरेली, मिरुल, उवा र शेरम गाविस मिलाएर एउटै गाउँपालिका बनाउन र त्यसको केन्द्र थवाङलाई बनाउनुपर्ने माग राखिसकेको र सरकारबाट सकारात्मक जवाफ पाइसकेको छ । जिल्लामा सात स्थानीय तहको प्रस्ताव गरिएको छ । दोस्रो संविधानसभा निर्वाचनमा शून्य मत खसेको थवाङ अहिले पनि नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपा माओवादीको प्रभावमा रहेको मानिन्छ । विगतको युद्धबाट धोका भएकाले नयाँ विद्रोहको प्रशिक्षण दिएर सो पार्टीले जनतामा आफ्नो प्रभाव दिने प्रयास गरिरहेको छ । संविधान जारी त भएको छ तर कति उपलब्धि प्राप्त भयो भन्ने विवादमा भएको पार्टी विभाजनको असर रोल्पालीलाई पनि परेको छ । विप्लव माओवादीले यहाँका नेता सन्तोष बुढामगरलाई जनपरिषद्को संयोजक बनाएको छ । नागरिक समाज, रोल्पाका संयोजक घनश्याम आचार्यका विचारमा जिल्ला दिगो शान्ति र स्थिरताका पक्षमा छ । तर एक पक्षका मान्छे उक्साउने र शान्ति हुन नदिने पक्षमा पनि छन्, उनले भने । यसअघि पनि शान्ति मन्त्रालयमा द्वन्द्वपीडितको सूचीमा नाम छुटेकाले राहत पाउनुपर्ने र अहिले सत्यनिरुपण तथा मेलमिलाप आयोगमा परेका उजुरीको सही छानबिन हुनुपर्ने आचार्यको मत छ । उनले जिल्लाबाट उपल्लो तहमा धेरै व्यक्ति पुगेपनि विगत द्वन्द्वमा आएका बजेट फ्रिज भएको आधारमा हाल त्यसको क्षतिपूर्तिस्वरुप बढी विकासका रकम आउनुपर्नेमा त्यसो नभएको बताए । थवाङ निवासी नेपाल पत्रकार महासङ्घका जिल्ला शाखा पूर्व अध्यक्ष मौसम रोक्का जहिले पनि राज्यको विपक्षी मात्र हुँदा राज्यसँगको जनताको सम्बन्ध नजिक हुन सक्दैन भन्ने एक बुझाई र राज्यले जनतालाई नजिकबाट हेर्न नसक्दा फाटो आएको भन्ने मनोविज्ञानले काम गरेको जनाउँदै विगतमा भएको उत्पीडिनको नकारात्मक प्रभाव हट्न नसकेको टिप्पणी गर्छन् । उनले पार्टीगत विभाजन भएपनि थवाङवासीले प्रधानमन्त्री दाहालसँग अपेक्षा गरेको र चाँडै नै प्रधानमन्त्रीलाई त्यहाँ आउनका लागि सामूहिक निम्तो गरिने तयारी भएको जनाए । (रासस)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending