Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रविधिसँग अनभिज्ञ कर्मचारीलाई भन्सार विभागमा नराख्न अर्थमन्त्री महराको निर्देशन

\"krishna-baharud-mahara1\"काठमाडौं, १४ भदौ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले प्रविधिसँग अनभिज्ञ कर्मचारीलाई भन्सार विभागमा नराख्न निर्देशन दिएका छन् । अर्थमन्त्री महराले भन्सार मंगलबार भन्सार विभाग पुगेर विभागको कार्यक्षमता बढाउन भन्सार विभागका कर्मचारीलाई उक्त निर्देशन दिएका हुन । अर्थमन्त्री महराले अहिलेको काम गराईले राजस्वको लक्ष्य पुरा नहुने भन्दै कार्यक्षमता बढाउन कर्मचारीलाई निर्देशन दिए । उनले भन्सार प्रशासनमा सुधारका लागि ब्रेक थ्रु आवश्यक रहेको भन्दै त्यसको सुरुवातका लागि कर्मचारीले कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताए । महराले भन्सारका कर्मचारी घुस्याया हुन्छन् भन्ने प्रचार रहेको भन्दै त्यसलाई चिर्नका लागि पारदर्शिता प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले कम्युटर र प्रविधिसँग अनभिज्ञ कर्मचारीलाई भन्सार विभाग र मातहतका कार्यालयबाट अन्यत्रै सरुवा गर्ने व्यवस्था मिलाउन विभागका महानिर्देशक शिशिर ढुंगानालाई निर्देशन दिए । विभाग अन्र्तगत अहिले अधिकृतस्तरका २ सय ३९ जना तथा सहायकस्तरका ५ सय २४ जना कर्मचारी छन् । कार्यक्रममा भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले राजस्व प्रशासनमा सुधारका लागि चालिएका प्रयासबारे जानकारी गराएका थिए । त्यसक्रममा उनले खासगरी लत्ता कपडा, मसला लगायतका केही वस्तुको चोरी पैठारी उच्च रहेको भन्दै त्यसलाई नियन्त्रण गर्न उपप्रधानमन्त्री तथा अर्थ मन्त्रीसहित सुरक्षा निकायमा प्रमुखहरुको बैठक बस्न आवश्यक रहेको बताए । भन्सार विभाग मातहत ३१ वटा मुल भन्सार र १ सय ४३ वटा छोटी भन्सार छन् । छोटी भन्सार मध्ये ९३ वटा भने बन्द अवस्थामा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending