Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

सहमतिमा आए राप्रपा नेपालसँग एकीकरण गर्न तयार: राणा

\"pashupatiपर्सा, १५ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष पशुपतिशम्शेर राणाले गालीगलौज छाडी सहमतिको बाटोमा राप्रपा नेपाल आए अहिले पनि पार्टी एकीकरण गर्न राप्रपा तयार रहेको बताएका छन् । राप्रपा पर्साले मङ्गलबार वीरगन्जमा अयोजना गरेको ‘नारायणी अञ्चलस्तरीय कार्यकर्ता उत्प्रेरणा तथा चेतना’ कार्यक्रममा अध्यक्ष राणाले राप्रपा नेपालका नेता तथा कार्यकर्ताले गर्दै आएको गालीगलौजलाई बन्द गरी अन्तरिम विधानमा रहेका असन्तुष्टिमाथि छलफल गरी अगाडि बढे पार्टी एकता सम्भव रहेको प्रस्ट पारेका हुन । राप्रपाबाट छुटिृएका सम्पूर्ण हाँगालाई जोडी रुख बनाउनुपर्छ भन्ने मान्यता बोकी हिँडेकाले वार्ता, संवाद र एकताका लागि आफूहरुले सधैँ ढोका खुल्ला राखेको बताउँदै अध्यक्ष राणाले समानताका आधारमा पार्टी एकीकरण भए एकता दिगो हुने धारणा व्यक्त गरे । सभालाई सम्बोधन गर्दै फरक प्रसङ्गमा बोल्दै अध्यक्ष राणाले तराईको विकास नभएसम्म मुलुकको विकास सम्भव नहुने भएकाले तराईमा पूर्वाधार विकासप्रति सरकार गम्भीर हुन आवश्यक रहेको विचार व्यक्त गरे । उनले काठमाडाँै केन्द्रित विकासले पूरै देशमा विभेद गरेको बताउँदै अध्यक्ष राणाले अब विकास मधेस र पहाडको दुर्गम क्षेत्रमा हुनुपर्ने धारणा व्यक्त गरे । चैतमा हुने संसदीय तथा स्थानीय निकायको निर्वाचनका लागि पार्टीका कार्यकर्तालाई तयार रहन निर्देशन गर्दै अध्यक्ष राणाले स्थानीय निकायको निर्वाचनले पार्टीको हैसियतलाई मात्र नभई नेता तथा कार्यकर्ताको हैसियत समेतलाई बढाउने भएकाले जीउज्यानले निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । उनले चैत अगावै देशभरिबाट दुई लाख सक्रिय सदस्य बनाउन पार्टीले अठोट लिएकाले त्यसलाई पूरा गर्न मेचीदेखी महाकालीसम्मका कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा पार्टीका वरिष्ठ नेता डा प्रकासचन्द्र लोहनीले जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने धारणा राखे । उनले मधेसमा बस्ने मधेसी वा पहाडमा बस्ने आदिवासी हुन् सबैको जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनैपर्ने धारणा राखे । उनले अब पार्टीगत स्वार्थबाट माथि उठी राष्ट्रिय हितका आधारमा महत्वपूर्ण निर्णय गर्ने बेला आएको बताउँदै सबैको अधिकारलाई संविधानमा समावेश गरी समतामूलक समाज निर्माण गर्नतर्फ अग्रसर हुन आग्रह गरे । कार्यक्रममा पार्टीका महामन्त्री एवम् भूमिसुधार मन्त्री विक्रम पाण्डेले सुकुम्वासीको समस्या समाधानप्रति सरकार गम्भीर रहेको बताए । भूमिहीन रहेका नेपालीलाई बासको व्यवस्था गर्न सरकार लागिपरेको र यसका लागि सरकारले चाँडै महत्वपूर्ण निर्णय गर्ने जानकारी दिए । कार्यक्रममा पार्टीका महामन्त्री तथा आपूर्तिमन्त्री दीपक बोहराले कालोबजारियालाई निषेध गर्दै महँगी नियन्त्रण गर्न सरकार प्रयासरत रहेको जानकारी दिए । उनले १३० रुपैयाँ प्रतिलिटर बिक्री भएको पेट्रोललाई सरकारले ९२ रुपैयाँमा बिक्री वितरण गरेजस्तै बढ्दै गएको महँगीलाई नियन्त्रणमा लिन चाँडै कालोबजारीमाथि लगाम लगाइने दाबी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies