Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

महासंघको शाखा एसोसियट अध्यक्षको भेला पाल्पामा

\"FNJपाल्पा, १६ भदौ । नेपाल पत्रकार महासंघको केन्द्रिय समिति वैठक तथा शाखा एसोसियटका अध्यक्षहरुको भेला पाल्पाको तानसेनमा हुने भएको छ । गत वैशाखमा चितवनमा सम्पन्न नेपाल पत्रकार महासंघको साधारणसभामा विद्यान संशोधनकालागि गठित समितिले संशोधित विद्यान भदौ २९ र ३० गते तानसेनमा हुने केन्द्रिय समितिको बैठक तथा भेलाबाट जारी हुनेछ । पत्रकार महासंघले राखेको भदौ २९ गतेको केन्द्रिय समिति बैठक तथा ३० गते श्रमजीवी पत्रकारका पेशागत हकहित, महासंघका संगठनात्मक विषय र समग्र पत्रकारिताको विकासका सन्दर्भमा महासंघका सबै शाखा एसोसिएट संस्थाका अध्यक्षहरुको भेलाबाट विद्यान जारी गर्नुका साथै पत्रकारिताका विविध विषयमा छलफल हुनेछ । चितवनमा सम्पन्न साधारणसभाले नेपाल पत्रकार महासंघका पूर्वसभापति सुरेश आचार्यको संयोजकत्वमा गठित समितिले विधान जारी गर्नेछ । महासंघको संगठनात्मक अवस्था र शुद्धीकरण, पत्रकारको सामाजिक सुरक्षा, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम् पारिश्रमिक कार्यान्वयन, महासंघ केन्द्रको कार्यप्रगतिबारे जानकारी भेलामा गराईने केन्द्रिय अध्यक्ष महेन्द्र विष्टले जानकारी दिए । शाखाले केन्द्रिय समितिको बैठक तथा भेलाकालागि तयारी सुरु गरेको छ । शाखाको बैठकले शाखा अध्यक्ष राजेशकुमार अर्यालको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । कार्यसमितिका पदाधिकारी, सल्लाहकारहरु, पेशागत संगठनका प्रमुख, जिल्लास्थित सञ्चारमाध्यम रहेका छन् । महासंघको भेला सम्पन्न गर्नकालागि गठित बरिष्ठ पत्रकार मेघराज शर्माको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरेको छ । जसको सहसंयोजक झपेन्द्र गहिरे, सदस्यहरु मिलन बिश्वकर्मा र देव पचभैया रहेका छन् । खाद्य तथा आवास उपसमिति संयोजक माधव अर्याल, सहसंयोजक कृष्ण कार्की रहेका छन् । सदस्यमा राजेन्द्र लिगल, कृष्ण दर्नाल, अनिल लिगल र टिकाराम बस्याल रहेका छन् । अतिथि सत्कार उपसमितिको संयोजक भगवान भण्डारी सहसंयोजक जगदीश भट्टराई र सदस्यहरुमा रिमा सोमै, गीता खनाल, मन गहिरे, सिता डोटेल, मुना घिमिरे रहेका छन् । मञ्च ब्यवस्थापन उपसमिति संयोजक भरत शर्मा, सहसंयोजक केशव नेपाल, सदस्यहरुमा कृष्ण पोखरेल, कविराज नेपाल, रनबहादुर कुमाल, मुक्तिप्रसाद न्यौपाने रहेका छन् । प्रचारप्रसार उपसमिति संयोजक गोविन्द भट्टराई, सहसंयोजक किरण कौशल, सदस्यहरुमा यज्ञमूर्ति तिमिल्सिना, रेखीराम राना, भोजराज भट्टराई रहेका छन् । स्वयंसेवक उपसमितिको संयोजक राजुकमार आले, सहसंयोजक शंकर भण्डारी सदस्यहरुमा नारन न्यौपाने, चुरामणि न्यौपाने, दीपक डोलराज बिक, तिलाचन पाण्डे, अमृत अधिकारी रहेका छन् । पर्यटन तथा साँस्कृतिक उपसमिति संयोजक देव पचभैया सहसंयोजक सन्तोष बस्याल सदस्य प्रकाश नेपाल रहेका छन् । सचिवालयमा अध्यक्ष अर्याल, उपसमितिका संयोजकहरु, सचिव किरण कौशल, टिकाराम बस्याल र कृष्ण दर्नाल रहेर काम गर्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy