Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

ट्रमा सेन्टरमा जोर्नी प्रत्यारोपण सेवा सुरु

\"20150514409018-600x0\"काठमाडौँ, १५ भदौ । जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुट्कारा पाउन गरिने कृत्रिम जोर्नी प्रत्यारोपण उपचार राष्ट्रिय ट्रमा सेन्टरमा सुरु भएको छ । ट्रमा सेन्टरका अर्थोपेडिक तथा ट्रमा सर्जरी विभाग प्रमुख प्रा डा श्रीकृष्ण गिरीले दुई महिनाअघि प्रत्यारोपण सेवा सुरु गरिएको बताए । उनले भने, ‘विभिन्न कारणले जोर्नीले कामगर्न नसक्ने अवस्था आएपछि प्रत्यारोपण गर्नुपर्ने हुन्छ । ट्रमा सेन्टरमा विभिन्न दुर्घटनामा परी आएका बिरामीको पनि कहिलेकाहीँ प्रत्यारोपण गर्नुपर्ने हुनाले हामीले यो सेवा सुरु गरेका हौँ ।’ सेवा सुरु भएपछि तीनजनाको घँुडा र नितम्ब प्रत्यारोपण गरेको उनले जानकारी दिए । तीमध्ये एकजना गत वर्षको भूकम्पमा लडेर जोर्नी भाँचिएका बिरामीको जोर्नी प्रत्यारोपण गरिएको थियो । खिएको भागमा कृत्रिम जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १० देखि ३० वर्षसम्म काम गर्छ । जोर्नी प्रत्यारोपण गर्न रु ६० हजारदेखि करिब रु तीन लाखसम्म पर्ने डा गिरीले बताए । उनका अनुसार शल्यक्रिया शुल्क सस्तो भएपनि कृत्रिम जोर्नी किन्न बढी मूल्य पर्ने भएकाले यो सेवा महँगो भएको हो । प्रत्यारोपण गरेपछि पहिलेजस्तो कडा परिश्रम गर्नु हुँदैन । पलेटी मारेर बस्ने, टुक्रुक्क बस्ने, उफ्रने, धेरै उकालो–ओरालो हिँड्ने, रूख चढ्ने तथा शरीरलाई भार पार्ने खालका काम गर्न पनि हुँदैन । खानपिनमा ध्यान दिनुका साथै शरीरको तौल पनि नियन्त्रणमा राख्नुपर्ने चिकित्सकको भनाइ छ । नेपालमा सात वर्षअघि प्रारम्भ भएको यो सेवा काठमाडौँलगायत धरान तथा चितवनका अस्पतालमा पनि विस्तार भइसकेको छ । पहिले भारत र अन्य देशमा उपचारका लागि जाने नेपाली अहिले नेपालमै उपचार गराउन थालेका छन् । प्रत्यारोपण गरिएको जोर्नीले काम गर्न छोडेपछि त्यसलाई पुनः संशोधन शल्यक्रिया ९रिभिजन अर्थोप्लास्टी० बाट कामलाग्ने बनाउन सकिन्छ । यसका लागि विशेष औजार तथा सुविधालगायत प्रक्रिया आवश्यक हुन्छ । विभिन्न कारणले जोर्नी बिग्रने, औषधिले काम नगर्ने तथा फिजियोथेरापीले पनि काम गर्न नसकेमा जोर्नी प्रत्यारोपण गरिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending