Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रचण्डलाई संसदमा आएर स्पष्टीकरण दिन केसीको माग

[caption id=\"attachment_90367\" align=\"alignleft\" width=\"750\"]\"फाइल फाइल तस्बिर[/caption] काठमाडौं, १६ भदौ । व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा सांसदहरुले आफ्ना क्षेत्र, जिल्ला र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष समयमा सांसद अनिता देवकोटाले राप्ति उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्न स्तरोन्नतिका साथै आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्न माग गरे । सांसद काशीनाथ अधिकारीले मुलुकमा चरम ऊर्जा सङ्कट सम्बोधन गर्न अघिल्लो सरकारले अघि सारेको कार्ययोजना किन कार्यान्वयन गरिएन भनी प्रश्न गरे । सांसद अग्निप्रसाद सापकोटाले सरकार र व्यवसायीबीचको द्वन्दका कारण बसको यात्रा त परै जाओस् ट्रक र ट्र्याक्टरमा समेत बसेर लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यताले जनताले निकै सास्ती झेल्नु परिरहेको सदनलाई जानकारी गराए । सांसद कान्ता भट्टराईले गहन अध्ययन नभई नेपाली भाषामा सुधार र परिमार्जनका नाममा व्याकरण परिवर्तन गर्दा शिक्षक र विद्यार्थीमा अन्योलता उत्पन्न भएको बताउँदै सदनमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराए । सांसद डा. सुबोधकुमार पोखरेलले चुरे क्षेत्रको वन विनाशले तराईका जिल्लामा खडेरी भएको बताए । सांसद जङ्गीलाल रायले तराई मधेसमा ठूलो जनसङ्ख्याले संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउने बताइरहेका बेला त्यसअघि नै संविधान संशोधनको विकल्प नभएको विचार व्यक्त गरे । सांसद नरसिंह चौधरीले स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आयोगको पुनःसंरचनाको कामको औचित्यमाथि नै प्रश्न गरे । अनुराधा थापामगरले केही व्यक्तिले आफू खुसी नेपाली भाषामा परिवर्तन गर्न खोजेकाले जटिलता उत्पन्न भएको विचार व्यक्त गर्दै यस बारेमा छानबिन गर्न समिति गठनको माग गरे । सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका बारेमा भारतीय प्रधानमन्त्रीलाई लेखेको पत्रका बारेमा जानकारी माग गर्दै सार्वभौमसत्ता सम्पन्न मुलुक नेपालले संविधान संशोधन गर्न छिमेकीलाई किन सोध्नुपर्ने भनी प्रश्न गरे । उनले यसबारेमा प्रधानमन्त्रीले संसद्मा आएर स्पष्टीकरणसहित जानकारी गराउनुपर्ने माग गरे । सांसद जनकराज जोशीले पूर्व विशिष्टलाई दिने सेवा, सुविधा र सुरक्षासम्बन्धी विधेयक अघि नबढेकामा आपत्ति जनाउँदै विधेयक तत्काल अघि बढाउन गृहमन्त्रीको ध्यानाकर्षण गराए । सांसद अञ्जना ताम्लीले सूचना र प्रविधिको २१ औं शताब्दीमा पनि नेपालका सञ्चारकर्मीले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नपाएको सम्बन्धमा सदनमार्फत सूचना तथा सञ्चारमन्त्रीको ध्यानाकर्षण गराए । साथै उनले द्वन्द्वकालमा ग्रामीण क्षेत्रबाट विस्थापित भएका कृषि विकास बैंक पुनःस्थापना गर्न माग गरिन् । सांसद मुक्तिप्रसाद पाठकले बुटवल पावर कम्पनीबाट उत्पादित विद्युत्को आवश्यक छलफल नगरी गरिएको विद्युत् महसुल वृद्धिले सर्वसाधारण जनतामा समस्या परेको भन्दै समाधानका लागि ऊर्जा मन्त्रालय र सरोकारवाला निकायको ध्यानाकर्षण गराए । सांसद उमेशकुमार यादवले सप्तरीको अस्पतालमा गलत उपचार भएको उदाहरण दिँदै त्यस सम्बन्धमा गलत गर्नेलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । सांसद रेशमबहादुर बानियाँले संसद्को दैनिक कार्यसूचीका बारेमा नियमावलीमा भए बमोजिम आफूहरुले एक दिनअघि पाउनुपर्ने दैनिक कार्यसूची नपाएको गुनासो गर्दै कार्यसूचीका बारेमा आवश्यक अध्ययन र जानकारी लिने काम हुन नपाएको गुनासो गरे । सांसद रश्मी ठाकुरले पूर्व विशिष्ट व्यक्तिले स्वदेशमा उपचारको व्यवस्था हुँदाहुँदै पनि विदेश जानुको अर्थ के भनी प्रश्न गरे । उनले सर्वसाधारणको उपचार स्वदेशमा हुने तर विशिष्टको किन नहुने भन्दै विशिष्टले विदेशमा गर्ने उपचार खर्चले स्वदेशमै सुविधाजनक अस्पतालको व्यवस्था गर्न सकिने धारणा राखे । सांसद आनन्दप्रसाद पोखरेलले पोखरा जाने क्रममा चितवन दुर्घटनामा परी त्रिशूली नदीमा बेपत्ता भएका सप्तरीका सातजनामध्ये दुईजनाको मात्र शव भेटिएको जानकारी गराउँदै तत्काल खोजीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । सांसद योगेन्द्र तामाङ घिसिङले स्थानीय निकायको निर्वाचन गर्न राष्ट्रियस्तरमा बृहत् छलफल हुनुपर्ने बताउँदै आदिवासीरजानजाति, दलितलगायत पिछडिएका समुदायका लागि संरक्षित संरचना हुनुपर्ने माग गरे । यसअघि शून्य समयमा भाग लिने अधिकांश सांसदहरुले मुलुकमा व्याप्त अनियमितता, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending