Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

बाबुको मुख हेर्ने दिन गोकर्णेश्वरमा भक्तजनको भीड

\"gokarneshwor-750\"काठमाडौँ, १६ भदौ । उपत्यकाको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा दिवङ्गत पितृलाई श्रद्धा भक्तिसाथ तर्पण, सिदादान र श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । दिवङ्गत पितृलाई भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वर मन्दिरमा गई तर्पण, सिदादान र श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीन÷तीन पुस्ताका पितृले मुक्ति पाउने धार्मिक विश्वास छ । बागद्वारबाट बग्दै आएको बाग्मती गोकर्णमै आएपछि उत्तरतिर बग्ने भएकाले पनि यहाँ आई पितृलाई श्रद्धाभक्तिसाथ तर्पण, सिदादान र श्राद्ध गर्दा दिवङ्गत पितृ प्रशन्न भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । मन्दिरमा बुधबार बेलुकीदेखि नै भक्तजनको भीड लागेको पुजारी जगदीश भट्टले बताए । बिहान ३ बजेदेखि मन्दिरमा दर्शनका लागि खुला गरिएको थियो । देशका विभिन्न भागबाट आएका भक्तजनले वाग्मती नदीमा स्नान गरी गोकर्णदेखि उत्तरगयासम्मका बाग्मती किनारमा तर्पण, सिदादान एवम् श्राद्ध गरिरहेका छन् । मन्दिर क्षेत्र व्यवस्थित नहुँदा धार्मिक कामका लागि अप्ठ्यारो भएको सप्तरीबाट आउनुभएका रामचन्द्र यादवले गुनासो गरे । “साँघुरो सडकमा व्यापार गर्ने, बिरामीको उपचारका लागि सहयोग माग्नेको पनि भीड हुँदा धार्मिक क्षेत्र अस्तव्यस्त पाएँ, सार्वजनिक सवारी साधन जोरापाटीचोकमै रोकिँदा चार किमी हिँड्न बाध्य हुनुप¥यो” – उनले भने। मन्दिरमा बौद्ध धर्मावलम्बीको पनि उत्तिकै उपस्थिति छ । बौद्ध धर्मावलम्बीले गोकर्णेश्वरलाई बोधिसत्वका रुपमा मानी श्रद्धाभक्तिसाथ पितृका सम्झनामा दीपदान गरेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending