Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अनौठो संयोगः हिटलर, स्टालिन, फ्रायड र ट्राटस्की एउटै सहरमा बस्थे

\"130418130323_stalin_freud_hitler_304x171__nocredit-750\" तपाई आश्चर्यमा पर्न सक्नु हुन्छ, तर यो कुरा सत्य हो की २० औं शताव्दीमा सकारात्मक र नकारात्मक दुबै कोणबाट दुनियाँलाई हल्लाउँने विपरित ध्रुवका ठूला नेताहरु कुनै समय एकै ठाउँमा बस्थे । आज भन्दा एक शताब्दी अघि अष्ट्रियाको राजधानी भिएनाको एउटा इलाकामा दुनियाँका सबैभन्दा खतरनाक तानाशाह एडोल्फ हिटलर, रसियाका कम्युनिस्ट नेता ट्रॉट्स्की, संसारका सबैभन्दा ठूला मनोवैज्ञानिक सिग्मण्ड फ्रायड र कम्युनिस्ट नेता जोसेफ स्टालिन एकै ठाउँमा बस्थे । दुनियाँलाई आफ्नो पञ्जामा लिन सक्ने यी शक्तिशाली व्यक्तिहरु एकै ठाउँमा भेट्नुको अन्तर्यमा कुनै संयोग थियो वा अरु केही ? यो अब रहस्यको गर्भमा नै सिमित भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार सन् १९१३ जनवरीमा एक व्यक्ति भिएनाको उत्तरी टर्मिनल स्टेशनमा देखिए। उनको साथमा रहेको पासपोर्टमा नाम ‘स्टावरोस पापाडोपुलास’लेखिएको थियो । कालो वर्णको देखिने सो व्यक्ति किसान जस्तै देखिएका थिए र उनले लामो दारी जुंगा पालेका थिए । उनको साथमा सामान्य काठको एक बाकस पनि थियो । उक्त छद्मभेषी व्यक्ति अरु कोही नभएर कम्युनिस्ट नेता ट्राटस्की थिए । त्यसबेला उनी ‘प्रावदा’ नामक एक पत्रिका प्रकाशित गर्ने काम गर्थे । उनको नाम स्टावरोस पापाडोपुलास थिएन । बाल्यकालमा उनको नाम विस्सारिनोविच झुगाग्वी थियो । [caption id=\"attachment_90436\" align=\"aligncenter\" width=\"750\"]\"तत्कालीन तत्कालीन भिएना सहर[/caption] आफ्ना साथीहरुसँग कोबाको नामबाट चिनिएका अर्का व्यक्ति थिए जोसेफ स्टालिन । ट्राटस्की र स्टालिन २० औं शताव्दीमा विश्वलाई बनाउने र विगार्ने दुबैमा उत्तिकै भूमिका निभाएका नेता थिए । त्यस समय उनीहरु दुबैजना रुस छाडेर निर्वासित जीवन बिताइरहेका नेताहरु थिए । सिग्मण्ड फ्रायड त्यसबेला मनोवैज्ञानिक क्षेत्रबाट निकै उचाइमा पुगिसकेका थिए । उनी महान मनोवैज्ञानिक भइसकेका थिए जो त्यसबेला भिएना सहरमा चिकित्सक पेशामा संलग्न थिए । त्यहीबेला यता हिटलर सोही सहरमा आफ्ना साथीसँग बसिरहेका थिए ।  ‘थन्डर एट ट्वीलाइट’ नामक एक पुस्तकमा फ्रेडरिक मार्टनले वर्णन गरे अनुसार सायद त्यसबेला हिटलर साथीहरुसँग नैतिकता, नश्लीयता, शुद्धता, जर्मन अभियान, यहुदीबारे विमर्श गरिरहेका थिए । त्यसबेला उक्त सहरको दरबारमा बादशाह फ्रान्स जोसेफ बस्थे । उनको निर्वाचित प्रतिनिधि आर्कड्यूक फ्रान्ज फर्डिनान्डपनि नजिकै बस्थे। उनैको हत्या भएपछि प्रथम विश्वयुद्ध भड्किएको थियो ।
र यो पनि भन्न सकेका छैनन् की एउटै सहरमा एउटै चिया चौतारीमा बसेर स्टालिन र हिटलर, सिग्मन फ्रायड र ट्राटस्की के गफ गरे होलान् ?
अष्ट्रियाको एक मात्र अंग्रेजी अखबार ‘भिएना रिभ्यू’ त्यसबेला प्रकाशित हुने गथ्र्यो । पत्रिका लगायत विभिन्न कारणले अष्ट्रियाको भिएना विचारको केन्द्र बनेको थियो। धेरै मानिसहरुलाई त्यसले आर्कषण गरेको थियो । त्यहाँ बसोबास गर्ने २० लाख मानिस मध्ये आधा मात्र त्यहाँका बासिन्दा थिए । बाँकी बोहेमिया (आजको चेक गणराज्य) र मोराविया (आजको पूर्वी चेक गणराज्य)बाट आएका थिए । त्यसबेला त्यहाँ दर्जनौं भाषाहरु बोलिन्थे । विभिन्न संस्कृतिहरुको संगम स्थल बनेको थियो ।  यी नै विविधतायूक्त सहरको बीचमा फ्रायडलाई मन मर्ने स्थान ‘द कैफे लैड्टमान’ पनि त्यही थियो । ट्राटस्की र हिटलर पनि त्यही ठाउँमा जाने गर्दथे । जहाँ केक, अखबार र सबैभन्दा ठूलो कुरा कुराकानी गर्ने सामग्रीहरु उनीहरुले त्यही प्राप्त गर्थे। तर, आश्चर्यको कुरा यो छ की त्यहाँको राजतन्त्र सन् १९१८ मा ढल्यो । आजसम्म कसैले भन्न सकेका छैनन् की के उनीहरुले त्यहाँका राजतन्त्र ढाल्न भित्रभित्रै सहयोग गरेका थिए ? र यो पनि भन्न सकेका छैनन् की एउटै सहरमा एउटै चिया चौतारीमा बसेर स्टालिन र हिटलर, सिग्मन फ्रायड र ट्राटस्की के गफ गरे होलान् ? एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies