Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

शिक्षा ऐन २०२८ खारेज गर्न माग

\"Teacher\"काठमाडौँ, १६ भदौ । नेपाल शिक्षक महासङ्घले शिक्षा ऐन २०२८ खारेज गरी नयाँ शिक्षा ऐन (आठौ संशोधन) कार्यान्वयन गर्न माग गरेको छ । महासङ्घले आज शिक्षामन्त्री धनीराम पौडेललाई २४ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै नयाँ शिक्षा ऐनमा भएका सकारात्मक प्रावधानलाई कार्यान्वयनमा ल्याई नकारात्मक प्रावधानलाई हटाउनुपर्ने माग ग¥यो । यसैगरी महासङ्घले राष्ट्रियस्तरको शिक्षक दरबन्दी मिलान गराउनुपर्ने, शिक्षक कर्मचारीलाई निजामती कर्मचारी सरह मासिक तलब भत्ताको व्यवस्था हुनुपर्ने र महिलालाई पायक स्थानमा सरुवा मिलाउनुपर्ने लगायतका माग गरेको छ । महासङ्घका महासचिव शङ्कर अधिकारीले सरकारले सामुदायिक र निजी विद्यालय खोल्न राखेको भिन्नाभिन्नै प्रावधान नै गलत भएकाले समान प्रावधान राखिनुपर्ने बताउनुभयो । उहाँले बालविकास शिक्षकलाई मासिक रु तीन हजार तलब दिइने गरे पनि उनीहरु कुनस्तरको शिक्षक हो भन्ने तय नगरिएकाले अब बाल शिक्षकका रुपमा नियुक्ति दिइनुपर्ने माग गर्नुभयो । ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री पौडेलले शिक्षासम्बन्धी कार्यविधि, नियमावली बनाउन प्राविधिक टोलीको गठन गरिएको जानकारी दिँदै शिक्षा क्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै लैजानुपर्ने बताउनुभयो । शिक्षामा आमूल परिवर्तनको माग नयाँ शक्ति नेपाल, शिक्षा, विज्ञान तथा प्रविधि विभागले शिक्षा क्षेत्रमा देखिएका समस्याको समाधान गर्नुपर्ने लगायत १८ बुँदे माग आज सार्वजनिक गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विभागले शिक्षालाई विज्ञान प्रविधिमैत्री बनाउनुपर्ने, विद्यालयलाई अनुसन्धानमुखी–व्यवासायिक बनाउनुपर्ने, विश्वविद्यालयको खाली जमिनलाई सदुपयोग गर्नुपर्ने लगायतको माग गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending