Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

किन चर्किदैछ, नयाँ शक्तिमा आन्तरिक द्वन्द्व ?

\"baburam-ko-naya-shakti\"   काठमाडौं, १७ भदौ । माओवादी परित्याग गरी बाबुराम भट्टराई नेतृत्वमा गठन भएको नयाँ शक्ति नेपालमा आन्तरिक द्वन्द्व चर्किदै गएको छ । भट्टराईसँगै केही समूह माओवादी छाडेर नयाँ शक्तिमा गएका माअाेवादी पृष्ठभूमिका नेताहरू र कर्मचारी, कलाकार लगायत गैरमाअाेवादी पृष्ठभूमिका नेताहरूबीच विवाद चर्किँदै गएको छ । माओवादी पृष्ठभूमिबाट आएकाहरुले आफूहरुलाई नेतृत्वले नै बेवास्ता गरेको भन्दै रुष्ट हुँदै गएका छन् भने गैरमाओवादी पृष्ठभूमिबाट आएकाहरुले आफूहरुको योगदान पनि उत्तिकै रहेपछि राजनीतिमा योगदान नै नभए जसरी हेर्ने गरेको गुनासो गर्न थालेका छन् । पार्टीभित्र भएको गुनासो बाहिर पनि आउन थालेको छ । स्रोतका अनुसार माओवादी पृष्ठभूमिबाट आएकाहरुले छुट्टै संगठन चलाउने गरेका छन् । पार्टी घोषणा गरिएपछि गैरराजनीतिक क्षेत्रकालाई स्थान दिएको भन्दै माओवादी पृष्ठभूमिका नेताहरु रुष्ट हुँदै आएका थिए । पछिल्लो समय संगठनको स्वरुपमा उनीहरुबीच विवाद बल्झिएको छ । माओवादी पृष्ठभूमिका नेताहरुले पुरानै किसिमको संगठानिक संरचना बनाउन जोड दिएका छन् भने गैरमाओवादी पृष्ठभूमिका नेताहरु भने माओवादीको पुरानो संरचना नभइ नयाँ किसिमको संरचना बनाउनुपर्ने तर्क गर्दै आएका छन् । आफूहरुलाई कुनै भूमिका नदिने र वास्तै नगर्ने गरेकाले पार्टीमा के भइरहेको छ भन्ने समेत थाहा नभएको एक केन्द्रीय नेताले भने । ‘पार्टीमा राजनीतिक समितिमा बहस भइरहेको सुनेको छु, तर हामीलाई केही जानकारी नै छैन,’ उनले भने । पार्टी सम्पर्क कार्यालय बबरमहलमा केही दिनयता बसेको राजनीतिक समितिको बैठकमा पनि सांगठिक संरचनाको विषयमा छलफल भए पनि विवादकै कारण बैठकहरु प्रभावित हुँदै आएका छन् । उनीहरुमा मधेसी, आदिवासी जनजाति तथा खसआर्य क्लष्टर राख्ने र नराख्नेमा पनि फरक मत रहेको छ । माओवादी पृष्ठभूमिका नेताहरु क्लष्टर राख्ने पक्षमा देखिन्छन् भने गैरमाओवादी पृष्ठभूमिकाहरु नराख्ने क्लष्टरको विपक्षमा देखिएका छन् । उनीहरुले प्रत्यक्ष लोकतान्त्रिक अभ्यासबाट अघि बढ्नुपर्ने बहस चलाएका छन् । उनीहरुले आफूहरु नयाँ शक्ति हुने कि पुरानै शक्तिको स्वरुपमा नयाँ शक्तिको खोल मात्रै ओढ्ने भन्ने विषय उठाएका छन् । नयाँ अभ्यासबाट अघि नबढेमा आफूहरु पछि पर्ने ब्यूरोक्र्याट्बाट आएका रामेश्वर खनाल लगायतलाई परेको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending