Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

श्रीमान् फर्कने आशले कुर्दाकुर्दै रित्तियो जवानी

\"Women-Voilence\"रोल्पा, १७ भदौ । “तीन महिनाको गर्भ छोडेर वैदेशिक रोजगारीका लागि घरबाट निस्किएका श्रीमान् फर्कने आशले दोस्रो विवाह गरिनँ । कुर्दाकर्दै जवानी रित्तियो” लिबाङ–४ हरिगातिना रोल्पाकी ३८ वर्षीया प्रतिमा थापाले गहभरि आँसु पार्दै भनिन् । उनको गुनसो थियो–“त्यतिबेला जिल्लामा अहिलेको जस्तो सहज वातावरण थिएन । दिनदहाडै गोली चल्थ्यो, बिहान घरबाट बाहिर निस्केको मान्छे साँझ घर फर्कन्छ कि फर्कंदैन भनेर घरपरिवारलाई दिनभरि चिन्ता भइरहन्थ्यो ।” देशमा काम गर्ने वातावरण नभएपछि सशस्त्र युद्ध चलिरहेका बेला थापाका श्रीमान् ढाँटे थापा आजभन्दा करिब १४ वर्ष पहिले वैदेशिक रोजगारीका लागि घरबाट निस्किएका थिए । घरबाट बिदाबारी भएका आफ्ना श्रीमानलाई नेपाली सेनाले आतङ्ककारीको अभियोगमा रोल्पाको होलेरीमा हत्या ग¥यो भन्ने हल्ला थापा छरछिमेकबाट पाए पनि आजसम्म आधिकारिक जानकारी आएको छैन । आजभन्दा २० वर्ष पहिले प्रतिमा थापाको हरिगातिना रोल्पाका ढाँटे थापासँग मागी विवाह भएको थियो । विवाहपछि श्रीमानसँग करिब साढे दुई वर्षमात्रसँगै बसेको बताउने थापाको हाल एउटा १७ वर्षको छोरा र ७५ वर्षकी वृद्ध सासूआमा छन् । “परिवारको खुसी र रोजीरोटीका लागि उनी वैदेशिक रोजगारीमा हिँडेका थिए तर राज्यले हाम्रो खुसी देख्न चाहेन ।” आक्रोशित थापाले भनिन। मेरा श्रीमान्ले कस्को के बिगारेका थिए र हामीलाई किन यत्रो सजाय ?” उनको एउटै प्रश्न छ राज्यसँग । बेपत्ता परिवारका लागि राज्यले दिएको राहत मात्र पर्याप्त नहुने उनको भनाई छ । हामीलाई हाम्रा बेपत्ता सदस्यका बारेमा राज्यबाट आधिकारिक जानकारी चाहिन्छ । “कि लास देखाऊ कि सास देखाऊ अनि मात्र हाम्रो मन बुझ्छ । बेपत्ता पारिएकाको आत्माले शान्ति पाउँछ । ” थापाले भनिन् । हिँड्ने बेलामा श्रीमानले भनेका कुरा सम्झिएर दोस्रो विवाह गर्न नचाहेको उल्लेख गर्दै उनले स्मरण सुनाइन– “गर्भको बच्चा जम्मियो भने राम्ररी स्याहार सुसार गर्नु आमाको ख्याल गर्नु । देशको यो अवस्था छ म दुई तीन वर्षपछि मात्र फर्कन्छु होला । बिदेसिनु मेरो रहर होइन बाध्यता हो । धेरै कमाएर फर्किएँ भने सुखले जीवन काटौँला ।” सुखसँग जीवन बिताउने सपना देखाएर हिँडेका श्रीमान्को पर्खाइमा थापाका १४ वर्ष त्यसै बिते । कमाउने मान्छेको अत्तोपत्तो छैन सासूआमा बूढी हुनुहुन्छ छोरा सानो छ । आफ्नो आयस्रोतको बाटो छैन । राहतबाट आएको सानो रकम खाँदैमा सकिन्छ बाँकी जीवन कसरी चलाउने उनी अन्यौलमा छिन् । थापाले भने – “योभन्दा अझ असह्य पीडा त छोरो सानो हुँदा उसले बाबा खै भनेर प्रश्न गर्दा हुन्थ्यो । चाडपर्व आउँदा छोराले बाबा सम्झन्थ्यो । उसले मसँग बाबा किन दसैँमा घर आउनुभएन आमा भनेर प्रश्न गर्दा मन छियाछिया हुन्थ्यो । आज मैले कोसँग यो प्रश्न गरुँ मेरा श्रीमान् खै भनेर ? राज्य कतिञ्जेल बेखबर रहन्छ ? थापाले भनिन् । यसरी श्रीमानको पर्खाइमा जीवन काट्नेहरु धेरै छन् जिल्लामा । उनीहरुको एउटै अनुरोध छ राज्यसँग कि सास देऊ कि लास देऊ । यथाशीघ्र बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गर ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending